काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या देखिएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।
एसएचए २२७ नम्बरको उक्त जहाजमा ककपिट (पाइलट बस्ने ठाउँ) भित्र धुवाँ देखिएपछि पाइलटले तत्काल सुरक्षा कारण देखाउँदै भैरहवामा अवतरण गर्ने निर्णय लिएका थिए। जहाज सुरक्षित रूपमा अवतरण भएको विमानस्थल स्रोतले जनाएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक श्यामकिशोर साहका अनुसार सबै यात्रुहरू अहिले विमानस्थलमै सुरक्षित छन् । कम्पनीले यात्रुहरूलाई धनगढी पुर्याउन काठमाडौंबाट अर्को जहाज पठाउने तयारी गरेको जानकारी दिएको छ ।
घटनाबारे विस्तृत जाँचपछि मात्रै समस्या के कारणले भएको हो भन्ने स्पष्ट हुने बताइएको छ। हाल सबै यात्रु सुरक्षित रहेको विमानस्थल प्रशासनले जनाएको छ ।



















प्रतिक्रिया