१६ असार २०८३, मंगलबार | June 30, 2026

साउदी अरेबियाबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने



काठमाडौं । साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। रमजानको अवसर पारेर साउदी सरकारले उनीहरूको बाँकी कैद सजाय माफ गरेको हो।

परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै ३३ नेपाली कैदीलाई आममाफी प्रदान गरेकोमा साउदी अरेबिया सरकारप्रति आभार व्यक्त गरेको छ। मन्त्रालयले साउदी सरकारको यस निर्णयलाई दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र आपसी सद्भावको प्रतीकका रूपमा लिएको जनाएको छ।

मन्त्रालयका अनुसार रियादस्थित नेपाली दूतावासको पहल र अनुरोधपछि साउदी सरकारले नेपाली कैदीहरूलाई आममाफी दिने निर्णय गरेको हो।

आममाफी प्राप्त गरेका नेपाली नागरिकलाई साउदी अरेबियाको कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि चरणबद्ध रूपमा नेपाल फर्काइने परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकको हकहित र संरक्षणका लागि सम्बन्धित मुलुकसँग निरन्तर समन्वय गर्दै आएको उल्लेख गर्दै मन्त्रालयले आगामी दिनमा पनि यस्ता कूटनीतिक पहललाई निरन्तरता दिइने जनाएको छ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ५ : ०५ बजे

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग

साउदी अरेबियाबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने

काठमाडौं । साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज