१० भदौ २०८३, बुधबार | August 26, 2026

महान्यायाधिवक्ता कँडेल नेपाल-बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश



काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा नारायणदत्त कँडेल नेपालबाट बेलायत आवतजावत गरेको अभिलेख प्रमाणित प्रतिलिपि झिकाउन आदेश गरेको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्तामा कँडेलको नियुक्ति बदर गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमा उक्त प्रमाणित प्रतिलिपि झिकाउन आज आदेश गरेको हो ।

आदेशमा भनिएको छ, “महान्यायाधिवक्ता नियुक्ति गर्नेसम्बन्धी नेपाल सरकारबाट विसं २०८२(१२(२२ मा भएको निर्णयसहितको फायल पेसीको दिन देखाई फिर्ता लैजाने गरी महान्यायाधिवक्ताको कार्यालयमार्फत तथा २०१५ देखि सन् २०२४ सम्म डा कँडेल नेपालबाट बेलायत आवतजावत गरेको अभिलेख प्रमाणित प्रतिलिपि अध्यागमन विभागबाट झिकाई नियमअनुसार पेस गर्नू ।”

अधिवक्ताहरू शिराज बराल, माधवकुमार बस्नेत र दीपकराज जोशीले महान्यायाधिवक्तामा कँडेलको नियुक्ति बदर गर्न माग गर्दै छुट्टाछुट्टै रिट निवेदन दायर गरिएको थियो ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ८ : २३ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट