१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित



काठमाडौ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ ।

नबिल बैंकले लगातार तेस्रो पटक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा प्रदान गरिने निजी क्षेत्रको बैंक तर्फको गोल्ड अवार्ड प्राप्त गरेको छ।

यसका साथै बिपिए पुरस्कारको इतिहासमै पहिलो पटक प्रदान गरिएको ‘कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अर्वार्ड’ र ‘सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड’ दुवैतर्फ सर्टिफिकेट अफ मेरिट पनि बैंकले पाएको छ।

यस वर्ष पहिलो पटक प्रदान गरिएका यी दुई विधा तथा तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ९गोल्ड० गरी एकैपटक तीनवटा अवार्डबाट नबिल बैंक सम्मानित भएको छ।

मंगलबार काठमाडौंमा आयोजित एक समारोहबीच आइक्यानका अध्यक्ष सि।ए। निलबहादुर सारु मगरद्वारा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त प्रमुख सन्दिप बाबु पौडेललाई उक्त अवार्डहरु हस्तान्तरण गरे।

आइक्यानले आर्थिक वर्ष २०२५ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा यो अवार्ड दिएको हो। अवार्ड छनोटमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन र दीगोपना जस्ता मापदण्ड राखिएको थियो । नबिल बैंकलाई यी सबैमा अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरिएको आइक्यानले जनाएको छ ।

नबिल बैंकले सन् २०२३ र २०२४ को वार्षिक प्रतिवेदका लागि पनि यो पुरस्कार पाएको थियो। बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदन नेपालको तर्फबाट दक्षिण एसियाली स्तारमा आयोजना गरिने साफा बिपिए अवार्डका लागि समेत मनोनित हुने आयोजक संस्थाले जनाएको छ।
नबिल बैंकले देशभर २६६ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।

 

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ८ : ४५ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै