नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ सहित एकजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका १६ बाट श्रोत नखुलेको २ लाख ७२ हजार नगद सहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश बहाराइच जिल्ला, थाना रुपैडिहाका ३१ वर्षिय योगेशकुमार जयसवाल रहेका छन् । उनले चलाएको भारतीय नम्बर प्लेटको युपी ४० एएस ५०४१ नम्बरको मोटरसाइकलको चेकजाँच गर्ने क्रममा श्रोत नखुलेको नेपाली रुपैयाँ ३२ हजार र नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ १ लाख ५० हजार गरि नेपाली रुपैयाँ जम्मा २ लाख ७२ हजार बरामद भएको बाँके प्रहरी प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले जानकारी दिए ।
उनलाई अबैध मुद्रा ओसारपसार कसुरमा अनुसनधान गर्न नेपालगन्ज भन्सार कार्यालय, नेपालगन्ज पठाइएको उनले बताए ।



















प्रतिक्रिया