१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४ दशमलव ५९ अङ्कले उकालो लागेर दुई हजार ६५२ दशमलव ९३ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ७७ अङ्कले उकालो लागेर ४५८ दशमलव ५७ मा पुगेको छ । कूल ३६२ कम्पनीको ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर रु तीन अर्ब ८६ करोड ११ लाख ८३ हजार चार सय १० मूल्यमा खरिद बिक्री भएको छ । आज सबै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

कारोबारका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा छ । यस्तै, रिलायन्स स्पिनिङ मिल्स, आँखु खोला जलविद्युत् कम्पनी, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट र एनआइएमबी डिवेञ्चर २०९० शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, स्नो रिभर लिमिटेड, सिवाइसी नेपाल लघुवित्त, भुजुङ हाइड्रोपावर, कुर्थली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, एनएमबी डिवेञ्चर, धौवागिरी लघुवित्त, अप्पर स्याङ्गे हाइड्रोपावर र महालक्ष्मी डिवेञ्चरका लगानीकर्ताले भने गुमाएका छन् ।

आजको कारोबारमा २५२ कम्पनीको शेयर मूल्य बढ्दा १७ कम्पनीको मात्रै घटेको छ । यस्तै, छ वटा कम्पनीको भने कुनै परिवर्तन भएन ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ३ : ५९ बजे

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम