३१ श्रावण २०८३, आइतबार | August 16, 2026

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग



काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग स्पष्टीकरण मागेको छ।

आयोगले बुधबार रास्वपालाई पत्राचार गर्दै सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको भन्ने विषयमा यथाशीघ्र जवाफ उपलब्ध गराउन आग्रह गरेको हो।

हालै १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता दिएको विवरण सार्वजनिक भएपछि रास्वपा आलोचनामा परेको छ। त्यसै विषयलाई लिएर राष्ट्रिय मानवअधिकार आयोग ले पनि औपचारिक रूपमा दलसँग जवाफ मागेको हो।

आयोगले पत्रमार्फत १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको पुष्टि भएमा त्यस्तो कार्य प्रचलित नेपाली कानुन तथा नेपालले गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हुने उल्लेख गर्दै सम्बन्धित पक्षलाई सचेतसमेत गराएको छ।

आयोगले यस विषयमा प्राप्त हुने जवाफ र तथ्यका आधारमा आवश्यक थप प्रक्रिया अघि बढाउने संकेत गरेको छ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ४ : २९ बजे

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण

नालायकबाट शासित मुलुक लफङ्गाहरूको हातमा पुगेको पुष्टि भयो : घनश्याम भुसाल

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले मुलुक यसअघि

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि

भारतीय प्रधानसेनापति सेठ काठमाडौंमा, सोमबार मानार्थ महारथीको दर्जा दिइँदै

काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ काठमाडौं आइपुगेका छन्।