१८ असार २०८३, बिहिबार | July 2, 2026

जुम्लामा चट्याङमा परी रावतको मृत्यु



जुम्ला । जुम्लामा बुधबार साँझ परेको चट्याङमा परी हिमा गाउँपालिका-२ का १९ वर्षीय रवीन्द्र रावतको घटनास्थलमै मृत्यु भएको भएको छ ।

स्थानीय छोटा खर्क पाटनमा बुधबार साँझ एनसेल टावर नजिक परेको चट्याङमा भेडा गोठालो गएका रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।

चट्याङ लागेर सोही वडाका २० वर्षीय बलबहादुर रोकाया र ३५ वर्षीय जगत रोकाया घाइते भएका भएका छन । घाइते दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । चट्याङमा परी केही भेडाबाख्रा मरेको भए पनि सङ्ख्या भने यकिन नभएकाले त्यसबारे अनुसन्धान तथा विवरण सङ्कलन भइरहेको जनाइएको छ ।

त्यस्तै चन्दननाथ नगरपालिका-१० बोहरागाउँस्थित सिद्धि गणेश सामुदायिक वनमा पनि हिजै परेको चट्याङमा परी १२ वटा खसी र बाख्रा मरेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  ११ : २१ बजे

जलविरेमा सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलविरे नजिक बिहीबार सुख्खा पहिरो खस्दा

आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

जनकपुरधाम, १८ असार : गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६

कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुई

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

पत्रकार खेम भण्डारी पक्राउ

काठमाडौं । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । कञ्चनपुरको