१३ भदौ २०८३, शनिबार | August 29, 2026

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली राजमार्गमा भएको यात्रुवाहक माइक्रोबस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको माइक्रोबस साङ्गेतडास्थित कर्णाली नदीमा खस्दा भएको ठूलो जनधनको क्षतिले आफू अत्यन्त मर्माहत र दुखित भएको उनले बताएका छन्।

बिहीबार जारी गरेको विज्ञप्तिमा प्रचण्डले दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

उनले दुर्घटनामा बेपत्ता भएका यात्रुको तीव्र खोजी अभियान सञ्चालन गर्न, घाइतेहरूको तत्काल उद्धार गर्न तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सम्बन्धित सरकारी निकाय र स्थानीय प्रशासनसँग आग्रह गरेका छन्।

प्रचण्डले विपद्को यस कठिन घडीमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सबै निकायबीच आवश्यक समन्वय हुनुपर्नेमा जोड दिएका छन्। साथै, उद्धार र राहत कार्यमा सक्रिय रूपमा सहयोग गर्न स्थानीय पार्टी पङ्क्तिलाई समेत निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ।

कर्णाली राजमार्गमा भएको उक्त दुर्घटनापछि उद्धार, खोजी तथा उपचारका कार्य जारी रहेको जनाइएको छ।

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  ४ : ०१ बजे

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले

बाढी र लेदो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी