२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित



काभ्रेपलाञ्चोक । काठमाडौ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (दोस्रो चरण) मा विभिन्न विधाका एक हजार पाँच सय २७ विद्यार्थी दीक्षित भएका छन् ।

शिक्षा तथा खेलकुदमन्त्री एवं सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा काभे्रपलाञ्चोकको धुलिखेलस्थित उक्त विश्वविद्यालयमा आज सम्पन्न समारोहमा दीक्षित हुने विद्यार्थीमध्ये ११ दशमलब ७२ प्रतिशत नेपालबाहेक अन्य सात देशका रहेका छन् ।

समारोहमा पोखरेलले उत्कृष्ट शैक्षिकउपलब्धि हासिल गरेका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा एक हजार ५२७ जना विद्यार्थीमध्ये स्कुल अफ आर्ट्सका १६१, स्कुल अफ एजुकेशनका ११२, स्कुल अफ इञ्जिनियरिङका ३५५, स्कुल अफ लका ४२, स्कुल अफ म्यानेजमेन्टका १४६, स्कुल अफ मेडिकल साइन्सेजका ५०४ तथा स्कुल अफ साइन्सका ३०७ जना दीक्षान्त भएका छन् ।

यसवर्ष केयूले पहिलोपटक ब्याचलर अफ टेक्नोलोजी–आर्टिफिसियल इन्टेलिजेन्स कार्यक्रमका २६, डक्टर मेडिसिन इन निओनाटालोजीअन्तर्गत तीन तथा माष्टर अफ साइन्स इन मेडिकल बायोकेमेष्ट्री एण्ड मोलिक्यूर बायोलोजीअन्तर्गत चार जना विद्यार्थीलाई विभिन्न उपाधि प्रदान गरिने जनाइएको छ ।

समारोहमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका दुई विद्यार्थीलाई स्वर्णपदक प्रदान गरिएको छ । उपकुलपति स्वर्णपदक स्नातक तहमा सबैभन्दा बढी सिजीपीए ३ दशमलव ९९ प्राप्त गरी ब्याचलर अफ इञ्जिनियरिङ इन कम्प्युटर इञ्जिनियरिङ उत्तीर्ण गरेकी रिस्ता श्रेष्ठ तथा महेशनाथ पराजुली स्वर्णपदक स्कुल अफ एजुकेसनअन्तर्गत दुईवर्षे स्नातकोत्तर तहमा सबैभन्दा बढी सिजीपीए ३ दशमलब ९७ प्राप्त गरी माष्टर अफ एजुकेशन इन लिडरसीप एण्ड मेनेजमेन्ट उत्तिर्ण गर्ने अञ्जु कुमारीलाई प्रदान गरियो ।

दीक्षित हुनेमध्ये विद्यावारिधी तहका २१, एमफिल/माष्टरबाई रिसर्चका ९३, स्नातकोत्तर तहका २७९, पिजिडिई तहका दुई तथा स्नातक तहका एक हजार १३२ विद्यार्थी रहेको जनाइएको छ । दीक्षितमध्ये अष्ट्रेलिया, बङ्गलादेश, चीन, भारत, श्रीलङ्का, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाका १७९ विद्यार्थी रहेको जानकारी दिइयो । विश्वविद्यालयका अनुसार यो सङ्ख्या अघिल्लो दीक्षान्त समारोहको तुलनामा करिब ५० प्रतिशत अधीक हो ।

आजको दीक्षान्तपछि केयूबाट दीक्षित हुने विद्यार्थीको सङ्ख्या ५१ हजार ५६७ पुगेको छ । दीक्षितमध्ये छ हजार ३९ जना विदेशी विद्यार्थी अर्थात् कूल उत्तीर्णको करिब १२ प्रतिशत पुगेको छ । दीक्षित हुनेमध्ये ५२ दशमलव ३९ प्रतिशत पुरुष र ४७ दशमलव ६१ प्रतिशत महिला विद्यार्थी रहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ४ : ५२ बजे

दैलेखमा सिडिओ नपठाउँदा तिहारमा पनि तलवविहीन बने कर्मचारी

सुर्खेत । दैलेख जिल्ला प्रशासन कार्यालय प्रमूख जिल्ला अधिकारी विहीन बन्दा

विद्युत् प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहमा बालविवाह

ट्रम्प प्रशासन छाड्ने तयारीमा अमेरिकी विदेशमन्त्री रोबियो, राष्ट्रपतिको उम्मेदवार बन्ने आँकलन

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्प प्रशासन छाड्ने तयारी

आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर