८ भदौ २०८३, सोमबार | August 25, 2026

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा



काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा मुसलधारे (भारी वर्षा) भएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले बदली र ठाउँठाउँमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए ।

मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित छ । विभागका अनुसार आज राति अभिलेख भएको वर्षा मापनमा पछिल्लो २४ घण्टामा काठमाडौँको कीर्तिपुरमा ७५ मिलिमिटर र बबरमहलमा ५३ मिलिमिटर वर्षा (भारी वर्षा) भएको छ ।

यस्तै, काठमाडौँको बूढानीलकण्ठमा ४४, सुन्दरीजलमा ३० र नागर्जुनमा ३६ मिलिमिटर वर्षा भएको छ । यस्तै, ललितपुरमा ११ र भक्तपुरमा २८ मिलिमिटर वर्षा भएको छ । यस्तै, सोलुखुम्बु र सङ्खुवासभामा पनि भारी वर्षा भएको छ । रुकुम पश्चिममा ५९, दाङमा ६७, कास्कीमा ६१, सिन्धुपाल्चोकमा ६५ र लमजुङमा ५३ मिलिमिटर वर्षा (भारी वर्षा) भएको छ ।

यस्तै, दैलेख, जाजरकोटर जुम्ला, कालीकोट, प्यूठानलगायत जिल्लामा पनि भारी नजिक वर्षा भएको छ । अहिले पनि काठमाडौँ, बझाङ, पर्वत, सिन्धुपाल्चोकलगायत जिल्लामा वर्षा भइरहेकै छ । आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागको थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको विभागले जानकारी दिएको छ । भोलि आइतबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  १० : १५ बजे

एकसाथ ४७ उपसचिवहरुको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले ४७ उपसचिवको सरुवा गरेको छ। भूमि व्यवस्था,

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौँ । जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

विमानस्थल क्षेत्रबाट भन्सार छलीका मोबाइल र पहेँलो धातु बरामद

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याइएका मोबाइल

प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना

उमेर नपुगेका बालिकाहरुलाई स्पाको काममा लगाउने ३ जना स्पा संचालक पक्राउ

नेपालगन्ज । उमेर नपुगेका बालबालिकाहरुलाई अबैध काममा लगाएको भन्दै नेपालगन्जमा