२२ असार २०८३, सोमबार | July 6, 2026

आजको मौसम : केही स्थानमा मध्यम वर्षाको सम्भावना



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने मधेस प्रदेशमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने विभागको अनुमान छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा पनि साधारणतया बादल लाग्नेछ । कोशी, मधेस र बागमती प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।

देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा, कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेस प्रदेश साथै कोशी र बागमती प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा, मधेस प्रदेशका साथै कर्णाली प्रदेशका पहाडी भू-भाग तथा बागमती प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ६ : २६ बजे

रुपन्देहीमा बोरिङको भरमा धान रोपाईं

भैरहवा । मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका

पोखरा-दुबई उडान दिगो बनाउन पहल

पोखरा । आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डले गरे दुई गोल

काठमाडौं । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित

आजको मौसम : केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा