२२ असार २०८३, सोमबार | July 6, 2026

सुनौली नाकामा यात्रुलाई हैरानी दिने ४ जना प्रहरी नियन्त्रणमा



बुटवल । नेपाल भारत सीमाको सुनौली नाकामा यात्रुहरुलाई दुःख हैरानी दिने ४ जना भारतीय युवकहरुलाई शसस्त्र प्रहरीले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको छ ।

शसस्त्र प्रहरी बल नेपाल २७ नम्बर गण हेड क्वाटर रुपन्देहीबाट तालिम प्राप्त कुकुर परिचालनसहित खटिएको टोलीले गरेको स्वीप अप्रेशनका क्रममा बेलहिया नाका स्थित यात्रु शाखामा बसेर यात्रुहरुलाई अनावश्यक हैरानी दिइरहेको अवस्थामा ४ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको रुपनदेही प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेश महाराजगन्ज कुलही घर भएका २१ वर्षिय राजपालसहित ४ जना रहेका छन् । राजपालको साथबाट ४ हजार ९५० भारतीय रुपैयाँ र नेपाली रकम रु ४०० रुपैया तथा मोबाइल १० थान बरामद भएको प्रहरीले जनाएको छ । अन्य पक्राउ पर्नेहरुमा भारत उत्तरप्रदेश कुशीनगर बस्ने २१ वर्षिय विपिन कुसुवा र २२ वर्षिय साजित अन्सारी तथा भारत उत्तर प्रदेश गोरखपुर इटहीया बस्ने वर्ष २५ वर्षिय अमित यादव रहेका छन् ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ११ : २७ बजे

भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई भने – ‘भाइरल होइन, संसद्प्रति उत्तरदायी बन्नुस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका समसामयिक तथा

लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छ : उपत्यका प्रहरी प्रमुख राठौर

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी

संविधान संशोधनका नाममा सङ्घीयतामाथि हस्तक्षेप नगर्न सांसद आर्यन राईको चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संविधान संशोधनका

रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु

बुटवल । रुपन्देही प्रहरीले सूचना प्रविधिमा आधारित ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’