३० असार २०८३, मंगलबार | July 14, 2026

संविधान संशोधनका नाममा सङ्घीयतामाथि हस्तक्षेप नगर्न सांसद आर्यन राईको चेतावनी



काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संविधान संशोधनका नाममा प्रदेश संरचना, सङ्घीयता, लोकतन्त्र र धर्मनिरपेक्षतामाथि हस्तक्षेप गर्ने प्रयास गरिए त्यसको कडा प्रतिरोध हुने चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले संविधान संशोधनको बहानामा प्रदेश खारेज गर्ने वा सङ्घीय व्यवस्थालाई कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारे। उनले यस्तो कदम चालिए सिंहदरबारमा बस्ने शासकविरुद्ध फेरि विद्रोहको अवस्था सिर्जना हुन सक्ने चेतावनी दिए।

राईले संविधान संशोधन आवश्यक भए अधिकार विस्तार र समावेशितालाई थप सुदृढ बनाउने दिशामा केन्द्रित हुनुपर्ने धारणा राखे। संविधानमा महिलाका लागि सुनिश्चित गरिएको ३३ प्रतिशत प्रतिनिधित्वलाई बढाएर ५० प्रतिशत पुर्‍याउनुपर्ने उनको प्रस्ताव थियो।

त्यस्तै, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारु, उत्पीडित तथा पछाडि पारिएका समुदायका अधिकारलाई अझ प्रभावकारी रूपमा सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए। विद्यार्थी, किसान र मजदुरका हकहितलाई पनि संविधानमार्फत थप सुदृढ बनाइनुपर्ने उनको भनाइ थियो।

सांसद राईले २०७२ सालमा जारी संविधानले केही समुदायका अधिकार पूर्ण रूपमा सम्बोधन गर्न नसकेको उल्लेख गर्दै त्यस्ता विषयमा पुनर्विचार गरी संविधान संशोधन गर्न सरकारलाई आग्रह गरे।

बैठकमा उनले सभामुख डोलप्रसाद अर्यालसँग प्रतिनिधिसभा नियमावलीको नियम ५६ प्रभावकारी रूपमा कार्यान्वयन हुने वा नहुनेबारे पनि प्रश्न उठाए।

त्यसैगरी, प्रधानमन्त्रीले दिएको भन्दै आफूले राष्ट्रहितविपरीत ठानेको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उक्त अभिव्यक्ति सच्याउन सरकारसँग पुनः माग गरे।

राईले संविधान संशोधनको प्रक्रिया राजनीतिक अधिकार कटौती गर्ने माध्यम नभई समावेशी लोकतन्त्रलाई अझ सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  १२ : ५८ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित