१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

भन्सार सुधारका लागि एडीबीले नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिने



काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाले नेपालको भन्सार प्रणाली आधुनिकीकरण र व्यापार सहजीकरणका लागि ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब ६० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउन सहमति जनाएका छन्।

दुईदिने नेपाल भ्रमणमा रहेका एडीबी अध्यक्ष कान्डाले सोमबार अर्थसचिव घनश्याम उपाध्यायसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा नेपालको भन्सार सुधार कार्यक्रमलाई सहयोग गर्न उक्त ऋण सम्झौता अघि बढाउने विषयमा सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्राप्त हुने ऋण भन्सार प्रशासनको डिजिटल रूपान्तरण, व्यापार प्रक्रियाको आधुनिकीकरण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन खर्च गरिनेछ।

यसका साथै जोखिममा आधारित भन्सार परीक्षण प्रणाली लागू गर्ने, भन्सार प्रक्रियालाई सरल र पारदर्शी बनाउने, सम्बन्धित निकायबीच संस्थागत समन्वय सुदृढ गर्ने तथा ढुवानी र लजिस्टिक्स व्यवस्थालाई थप सहज बनाउने कार्यमा पनि उक्त रकम उपयोग गरिने मन्त्रालयले जनाएको छ।

सरकारले भन्सार प्रशासनलाई प्रविधिमैत्री र दक्ष बनाउँदै व्यापार लागत घटाउने तथा अन्तर्राष्ट्रिय व्यापारलाई थप प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ सुधार कार्यक्रम अघि बढाइरहेको छ। एडीबीको यो सहयोगले उक्त प्रयासलाई थप गति पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ३ : ४७ बजे

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । डेविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं । साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई