८ भदौ २०८३, सोमबार | August 25, 2026

भन्सार सुधारका लागि एडीबीले नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिने



काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाले नेपालको भन्सार प्रणाली आधुनिकीकरण र व्यापार सहजीकरणका लागि ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब ६० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउन सहमति जनाएका छन्।

दुईदिने नेपाल भ्रमणमा रहेका एडीबी अध्यक्ष कान्डाले सोमबार अर्थसचिव घनश्याम उपाध्यायसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा नेपालको भन्सार सुधार कार्यक्रमलाई सहयोग गर्न उक्त ऋण सम्झौता अघि बढाउने विषयमा सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्राप्त हुने ऋण भन्सार प्रशासनको डिजिटल रूपान्तरण, व्यापार प्रक्रियाको आधुनिकीकरण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन खर्च गरिनेछ।

यसका साथै जोखिममा आधारित भन्सार परीक्षण प्रणाली लागू गर्ने, भन्सार प्रक्रियालाई सरल र पारदर्शी बनाउने, सम्बन्धित निकायबीच संस्थागत समन्वय सुदृढ गर्ने तथा ढुवानी र लजिस्टिक्स व्यवस्थालाई थप सहज बनाउने कार्यमा पनि उक्त रकम उपयोग गरिने मन्त्रालयले जनाएको छ।

सरकारले भन्सार प्रशासनलाई प्रविधिमैत्री र दक्ष बनाउँदै व्यापार लागत घटाउने तथा अन्तर्राष्ट्रिय व्यापारलाई थप प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ सुधार कार्यक्रम अघि बढाइरहेको छ। एडीबीको यो सहयोगले उक्त प्रयासलाई थप गति पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ३ : ४७ बजे

एकसाथ ४७ उपसचिवहरुको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले ४७ उपसचिवको सरुवा गरेको छ। भूमि व्यवस्था,

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौँ । जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

विमानस्थल क्षेत्रबाट भन्सार छलीका मोबाइल र पहेँलो धातु बरामद

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याइएका मोबाइल

प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना

उमेर नपुगेका बालिकाहरुलाई स्पाको काममा लगाउने ३ जना स्पा संचालक पक्राउ

नेपालगन्ज । उमेर नपुगेका बालबालिकाहरुलाई अबैध काममा लगाएको भन्दै नेपालगन्जमा