१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश



काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा थप अनुसन्धान नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश बालकृष्ण ढकालको इजलासले व्यवसायी सुमार्गीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अनुसन्धान अघि नबढाउन अन्तरिम आदेश गरेको हो ।

अदालतले आज सार्वजनिक आएको लिखित पाठमा भनिएको छ, “प्रस्तुत निवेदनको अन्तिम किनारा नलागेसम्म यस अदालतबाट भएको अन्तिम आदेश विपरीत हुने गरी निवेदकका विरुद्धमा कुनै कारबाही नगर्नु, नगराउनु ।”

व्यवसायी सुमार्गीले आफूमाथि धेरै पटक अनुसन्धान भइसकेको उल्लेख गर्दै अनुसन्धान रोक्न माग गर्दै रिट दायर गरेका थिए । दुई साताअघि सम्पत्ति शुद्धीकरण अुनसन्धान विभागले व्यवसायी सुमार्गीको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध व्यवसायी सुमार्गी सर्वोच्च अदालतमा गएका थिए ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ९ : ०७ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित