१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

देउवा पुत्र जयवीरमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान, विभागले काट्यो पत्र



काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई बयानका लागि सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

विभागले सोमबार बुढानीलकण्ठस्थित जयवीर देउवाको ठेगानामा पुगेर उपस्थितिका लागि पत्र टाँस गरेको हो । पत्रमा उनीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेकाले तोकिएको समयभित्र विभागमा उपस्थित हुन भनिएको छ ।

यसअघि विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई समेत अनुसन्धानका लागि पुर्जी जारी गरिसकेको थियो ।

स्रोतका अनुसार जयवीर देउवाविरुद्ध नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद ठेक्का र ई-पासपोर्ट खरिद ठेक्कामा भएको भनिएको अनियमिततासँग सम्बन्धित उजुरी परेका छन् । ती उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायतका निकायले अनुसन्धान अघि बढाएका छन् ।

सोही अनुसन्धानको सिलसिलामा विभागले जयवीर देउवालाई बयानका लागि उपस्थित हुन पत्र जारी गरेको स्रोतले जनाएको छ । हाल विभागले अनुसन्धान जारी राखेको छ भने सम्बन्धित पक्षबाट यस विषयमा औपचारिक सार्वजनिक प्रतिक्रिया आएको छैन ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ८ : ३२ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित