१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी



काठमाडौं । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ ।

बैंकद्वारा आज यहाँ जारी सार्वजनिक सूचनामा ऋणपत्र २०८४ ‘ङ’ अनलाइनमार्फत बोलकबोल गर्न सकिने उल्लेख छ । ऋणपत्रको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने उल्लेख छ ।

काउण्टरपार्टीले ऋणपत्रको बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अङ्कसम्म) उल्लेख गर्नुपर्ने बताइएको छ ।

राष्ट्र बैंकले न्यूनतम रु पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ११ : ४१ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित

भोटेकोशी बाढी : १ हजार २ सय ८० जनाको शव फेला, उपचाररत २ जनाको मृत्यु

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार बिहान

बिपी राजमार्गका सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने

काभ्रेपलाञ्चोक । केही दिनअघि आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक

डुम्रे-बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

लमजुङ । डुम्रे-बेँसीसहर-चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका-३ चाम्बासदेखि बाइसजाँघरसम्म सडक

पर्वले सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्दै आएका छन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्वहरूले आपसी सद्भाव