२८ असार २०८३, आइतबार | July 12, 2026

पर्वतको पैयूँ गाउँपालिकामा आधुनिक बाल उद्यान निर्माण



पर्वत । बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले पर्वतमा आधुनिक बाल उद्यान निर्माण गरिएको छ । दक्षिण पर्वतको पैयूँ गाउँपालिकामा बालबालिकालाई लक्षित गर्दै जिल्लामै पहिलो र एकमात्र ‘पैयूँ चिल्ड्रेन पार्क’ (बाल उद्यान) निर्माण गरिएको हो ।

गाउँपालिका, गण्डकी प्रदेश सरकार र पैयूँ गाउँपालिका-५ कार्यालयको त्रिपक्षीय लगानीमा बाल उद्यान निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारको रु दश लाख, स्थानीय वडा कार्यालयको रु चार लाख र पैयूँ गाउँपालिकाको रु एक लाख गरी रु १५ लाख लगानीमा बालउद्यान निर्माण भएको पैयूँ गाउँपालिका-५ का अध्यक्ष नारायण भुर्तेलले जानकारी दिए । पार्क निर्माण भएपछि ग्रामीण क्षेत्रका रहेका बालबालिकाहरुलाई विभिन्न प्रकारका खेल खेल्न, घुम्न, मनोरञ्जन लिनका लागि सहज हुने वडा अध्यक्ष भुर्तेलले बताए ।

भुर्तेलले भने, “गाउँका बच्चाले पनि सहर वा विदेशका बालबालिकाजस्तै खेल्न, हाँस्न र रमाउन पाउनुपर्छ भन्ने अठोटका लगानी गरी पार्क निर्माण गरिएको हो ।” गाउँपालिकाकै एकमात्र यस पार्कले स्थानीय मात्र नभई वरपरका अन्य गाउँ र बजार क्षेत्रका बालबालिकालाई समेत समेट्ने र उनीहरूलाई एकै ठाउँमा जोडिने अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।

नवनिर्मित चिल्ड्रेन पार्कलाई चाँडै नै एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरी बालबालिकाका लागि खुला गरिने वडा कार्यालयले जनाएको छ । बालबालिकाका लागि विभिन्न खेल खेल्ने र मनोरञ्जन लिने तथा अध्ययनका लागि विभिन्न उपकरण र सामाग्री राखिएको छ । यसैबीच पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले उक्त पार्कलाई पर्यटकीय आकर्षणका लागि अन्य भौतिक संरचना थप गर्न पालिकाले आवश्यक लगानी गर्दै जाने बताए ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  २ : ५५ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै