१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो



काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक २४ दशमलव ५७ अङ्कले उकालो लागेर दुई हजार ६५१ दशमलव ६९ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ३३ अङ्कले बढेर लागेर ४६० दशमलव ६१ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ७३ अङ्कले बढेर १८१ दशमलव ९६ मा पुगेको छ । यस्तै सेन्सेटिभ फ्लोट सूचक भने एक दशमलव ५७ अङ्कले बढेर एक सय ५६ पुगेको छ ।

आज विभिन्न कम्पनीका ९५ लाख १९ हजार ४५२ कित्ता सेयर रु चार अर्ब ४० करोड सात लाख ५२ हजार ५४२ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ वटै उपसमूहको सेयर बढेको छ । नेप्सेका अनुसार कलङ्गा हाइड्रो लिमिटेड, आरबिबी फोकस ४० म्युचुअल फण्ड, सानीगढ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, सिटिजन बैंकको डिबेञ्चरका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ३ : ४४ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित