१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

प्रधानमन्त्री बालेन्द्रले आज उद्योगी-व्यवसायीसँग छलफल गर्दै



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज बुधबार निजी क्षेत्रका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे हुने छलफलमा देशका प्रमुख व्यावसायिक छाता संगठनका नेतृत्वकर्ताहरू सहभागी हुनेछन्।

छलफलका लागि नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघ लगायतका संस्थाका अध्यक्ष तथा पदाधिकारीलाई आमन्त्रण गरिएको छ।

निजी क्षेत्रले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुअघि नै सरकारसँग संवादको पहल गर्दै आएको थियो। व्यवसायीहरूले लगानी वातावरण, निजी क्षेत्रका समस्या, आर्थिक गतिविधिमा देखिएको सुस्तता तथा बजेट कार्यान्वयनसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीसँग आफ्ना धारणा राख्ने तयारी गरेका छन्।

सरकार र निजी क्षेत्रबीच हुन लागेको यो संवादलाई वर्तमान आर्थिक चुनौती समाधान तथा लगानीमैत्री वातावरण निर्माणका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ९ : २० बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै