९ भदौ २०८३, मंगलबार | August 25, 2026

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आश्वासन – ‘उद्योगीलाई धरपकड गर्ने सरकारको नीति छैन’



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले निजी क्षेत्रलाई नियन्त्रण गर्ने वा उद्योगी–व्यवसायीमाथि धरपकड गर्ने कुनै नीति नलिएको स्पष्ट पारेका छन्।

आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति सार्वजनिक भएपछि सिंहदरबारमा आयोजित निजी क्षेत्रसँगको छलफलमा प्रधानमन्त्रीले उद्योगी–व्यवसायीको विश्वास जित्ने प्रयास गर्दै सरकार व्यवसायमैत्री वातावरण निर्माणका पक्षमा रहेको बताएका हुन्।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले प्रधानमन्त्रीले निजी क्षेत्रप्रति सरकारले कुनै पूर्वाग्रह नराखेको स्पष्ट पारेको जानकारी दिए।

“प्रधानमन्त्रीज्यूले उद्योगी–व्यवसायीलाई पक्रिने वा धरपकड गर्ने सरकारको कुनै नीति छैन भन्नुभयो। कानुनको कार्यान्वयनका क्रममा केही कारबाही भएका भए पनि त्यसलाई सरकारले निजी क्षेत्रविरुद्धको अभियानका रूपमा नहेर्न आग्रह गर्नुभयो,” अग्रवालले भने।

छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले पछिल्लो समय उद्योगी–व्यवसायी पक्राउ पर्ने घटनाले लगानीकर्तामा असुरक्षा र अन्योल बढेको भन्दै सरकारको कार्यशैलीप्रति चासो व्यक्त गरेका थिए। उनीहरूले विगतमा नदेखिएको अवस्था अहिले सिर्जना भएको उल्लेख गर्दै व्यवसाय सञ्चालनका लागि विश्वासको वातावरण आवश्यक रहेको धारणा राखेका थिए।

त्यसको जवाफमा प्रधानमन्त्री बालेनले कानुनी प्रक्रिया र विद्यमान कानुनी व्यवस्थाअनुसार मात्रै कारबाही हुने स्पष्ट पार्दै व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने सरकारको न नीति, न उद्देश्य र न नियत रहेको बताएका थिए।

छलफलमा निजी क्षेत्रले लगानी र व्यवसायमैत्री वातावरण निर्माण, आर्थिक गतिविधि चलायमान बनाउने नीति अवलम्बन तथा सरकारको पुँजीगत खर्च प्रभावकारी रूपमा बढाउन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष अग्रवालले जानकारी दिए।

सरकार र निजी क्षेत्रबीच पछिल्लो समय देखिएको दूरी घटाउने तथा आर्थिक गतिविधिलाई गति दिने उद्देश्यका साथ आयोजित यो छलफललाई दुवै पक्षले सकारात्मक रूपमा लिएको जनाइएको छ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  २ : ५७ बजे

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त

बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन