१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आश्वासन – ‘उद्योगीलाई धरपकड गर्ने सरकारको नीति छैन’



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले निजी क्षेत्रलाई नियन्त्रण गर्ने वा उद्योगी–व्यवसायीमाथि धरपकड गर्ने कुनै नीति नलिएको स्पष्ट पारेका छन्।

आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति सार्वजनिक भएपछि सिंहदरबारमा आयोजित निजी क्षेत्रसँगको छलफलमा प्रधानमन्त्रीले उद्योगी–व्यवसायीको विश्वास जित्ने प्रयास गर्दै सरकार व्यवसायमैत्री वातावरण निर्माणका पक्षमा रहेको बताएका हुन्।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले प्रधानमन्त्रीले निजी क्षेत्रप्रति सरकारले कुनै पूर्वाग्रह नराखेको स्पष्ट पारेको जानकारी दिए।

“प्रधानमन्त्रीज्यूले उद्योगी–व्यवसायीलाई पक्रिने वा धरपकड गर्ने सरकारको कुनै नीति छैन भन्नुभयो। कानुनको कार्यान्वयनका क्रममा केही कारबाही भएका भए पनि त्यसलाई सरकारले निजी क्षेत्रविरुद्धको अभियानका रूपमा नहेर्न आग्रह गर्नुभयो,” अग्रवालले भने।

छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले पछिल्लो समय उद्योगी–व्यवसायी पक्राउ पर्ने घटनाले लगानीकर्तामा असुरक्षा र अन्योल बढेको भन्दै सरकारको कार्यशैलीप्रति चासो व्यक्त गरेका थिए। उनीहरूले विगतमा नदेखिएको अवस्था अहिले सिर्जना भएको उल्लेख गर्दै व्यवसाय सञ्चालनका लागि विश्वासको वातावरण आवश्यक रहेको धारणा राखेका थिए।

त्यसको जवाफमा प्रधानमन्त्री बालेनले कानुनी प्रक्रिया र विद्यमान कानुनी व्यवस्थाअनुसार मात्रै कारबाही हुने स्पष्ट पार्दै व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने सरकारको न नीति, न उद्देश्य र न नियत रहेको बताएका थिए।

छलफलमा निजी क्षेत्रले लगानी र व्यवसायमैत्री वातावरण निर्माण, आर्थिक गतिविधि चलायमान बनाउने नीति अवलम्बन तथा सरकारको पुँजीगत खर्च प्रभावकारी रूपमा बढाउन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष अग्रवालले जानकारी दिए।

सरकार र निजी क्षेत्रबीच पछिल्लो समय देखिएको दूरी घटाउने तथा आर्थिक गतिविधिलाई गति दिने उद्देश्यका साथ आयोजित यो छलफललाई दुवै पक्षले सकारात्मक रूपमा लिएको जनाइएको छ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  २ : ५७ बजे

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । डेविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर