९ भदौ २०८३, मंगलबार | August 25, 2026

रुपन्देहीमा असार २८ गते “लुम्बिनी वास्तु सम्मेलन २०८३” हुदैँ



बुटवल । सनातन वास्तु परम्पराको संरक्षण, अध्ययन, अनुसन्धान तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित रुपन्देहीमा “लुम्बिनी वास्तु सम्मेलन २०८३” हुने भएको छ । दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेश समितिले वास्तु परम्परा संरक्षण गर्न गत वर्ष जस्तै यहीँ असार २८ गते सम्मेलन आयोजना गरेको हो ।

समितिले बुधबार रुपन्देहीको तिलोत्तमा समितिका अध्यक्ष चुडामणि पाण्डेले सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले उदघाटन गर्ने जानकारी दिए । वास्तु केवल घर निर्माणको पद्धति मात्र नभई प्रकृति, ऊर्जा, संस्कृति र मानव जीवनबीच सन्तुलन कायम गर्ने प्राचीन ज्ञान प्रणालीका रूपमा स्थापित रहेको बताए । नेपालका मठ–मन्दिर, धार्मिक सम्पदा, पुराना दरबार तथा परम्परागत संरचनाहरूमा मौलिक वास्तु ज्ञानको गहिरो प्रभाव रहेको सबैले ज्ञान लिन आवश्यक रहेको पाण्डेले बताए ।

‘सनातन वास्तु परम्पराको संरक्षण र प्रवद्र्धन’ भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनमा वास्तुसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने, विशेषज्ञहरूबीच अन्तरक्रिया गराइने, वास्तु क्षेत्रका योगदानकर्तालाई सम्मान गरिने तथा ‘लुम्बिनी घोषणा-पत्र’ जारी गर्ने गरिने समितिका प्रवक्ता विवेक शर्माले जानकारी दिए ।

कार्यक्रममा दक्षिण एसियाली ज्योतिष महासंघका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय नेतृत्व, वास्तुविद्, ज्योतिषाचार्य, इन्जिनियर, आर्किटेक्ट, निर्माण क्षेत्रका प्रतिनिधि, विभिन्न संघ-संस्थाका प्रतिनिधिसहित २५० भन्दा बढी सहभागी रहने प्रवक्ता शर्माको भनाइ छ ।

विश्वमै आध्यात्मिक पहिचान बोकेको लुम्बिनीबाट वास्तु, संस्कृति र सभ्यता संरक्षणको सन्देश प्रवाह गर्दै सनातन वास्तु परम्परालाई नयाँ पुस्तासम्म पु¥याउन आवश्यक रहेको पाण्डेको भनाइ छ । सम्मेलनमा आम सर्वसाधारण सहभागीले भएर आफूले चाहेको ज्ञान लिन सक्नेछन ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ६ : ५० बजे

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त

बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको