१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

दक्षिण एसियाली ज्योतिष महासङ्घको बैठक आह्वान



काठमाडौं । दक्षिण एसियाका ज्योतिषको साझा सङ्गठन दक्षिण एसियाली ज्योतिष महासङ्घले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । महासङ्घले यही पुस २५ गते काठमाडौंमा बैठक आह्वान गरेको हो ।

नेपाल, भारत, बङ्गलादेशलगायत देशबाट केन्द्रीय समितिका सदस्य तथा पदाधिकारी सहभागी हुने जनाइएको छ । बैठकले विगतमा भए गरेका कार्यको समीक्षा गर्दै आगामी महाधिवेशको निर्णय गर्ने महासङ्घका महासचिव सुरेशप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ज्योतिष शास्त्रका विभिन्न मतान्तरमा एकरुपता ल्याउने, फरक-फरक देश र संस्कृतिबीच कार्य गरिरहेका ज्योतिषीको आपसी ज्ञान साटासाट गर्ने र वैदिक शास्त्रको महत्वलाई थप समयसापेक्ष बनाउन तालिम, अनुसन्धान तथा प्रशिक्षण गर्नेलगायत कार्य गरिरहेको संस्थाका सभापति लक्ष्मण आचार्यले बताए ।

आगामी केन्द्रीय समितिको बैठकले नेपालमा रहेको केन्द्रीय कार्यालयलाई थप व्यवस्थित बनाउने र महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ७ : ३८ बजे

कांग्रेसले बोलायो विशेष बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्ला समसामयिक घटनाक्रमबारे

बडीमालिकामा हिमपात, एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ । बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली

वर्षाले क्रिकेट मैदान जलमग्न भएपछि लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

घण्टीघरमा रास्वपा सचिवालय बैठक, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय