२५ असार २०८३, बिहिबार | July 9, 2026

‘बालेनको पुलिस होइन’ भन्ने डीएसपी चौधरी सोधपुछका लागि जिल्ला तानिए



धनगढी । कैलालीमा सार्वजनिक कार्यक्रममा ‘हामी बालेनको पुलिस होइनौं’ भन्ने अभिव्यक्ति दिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुखसमेत रहेका डीएसपी चौधरीले घोडाघोडी नगरपालिका-५ दरखमा आयोजित लागुऔषध दुव्र्यसनसम्बन्धी सचेतना कार्यक्रममा दिएको अभिव्यक्तिको विषयमा स्पष्टीकरण लिन उनलाई जिल्ला बोलाइएको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले डीएसपी चौधरीलाई सोधपुछका लागि जिल्ला बोलाइएको पुष्टि गरे । कार्यक्रममा बोल्दै चौधरीले “हामी बालेनको पुलिस पनि होइनौं, नेपाल पुलिस हौं । अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हौं” भन्ने अभिव्यक्ति दिएका थिए । उनले “केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो, त्यसकारण हामी नेपाल पुलिस हौं” भन्ने टिप्पणी समेत गरेका थिए ।

सार्वजनिक भएको भिडियोमा चौधरीले आफ्नो भनाइ मन परे ताली बजाउन आग्रह गरेपछि कार्यक्रममा सहभागी विद्यार्थीहरूले ताली बजाएको देखिन्छ । उनले नेपाल प्रहरीमा प्रतिस्पर्धामार्फत छनोट भएर आएको उल्लेख गर्दै प्रहरी संगठन कुनै व्यक्ति वा राजनीतिक शक्तिको नभई राज्यको संस्था भएको धारणा व्यक्त गरेका थिए ।

भिडियोमा उनले आफूले दिएको अभिव्यक्ति सार्वजनिक नगर्नसमेत अनुरोध गरेको सुनिन्छ । तर उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसबारे चर्चा सुरु भएको थियो ।

कैलाली प्रहरीले भने डीएसपी चौधरीमाथि औपचारिक छानबिन सुरु गरिएको नभई उनले उक्त अभिव्यक्ति कुन सन्दर्भमा र किन दिएका हुन् भन्ने विषयमा सामान्य सोधपुछका लागि बोलाइएको जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  ७ : ५३ बजे

महीलाई प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

सवारीसाधन दुर्घटनामा मृत्यु

सुनसरी । कोशी गाउँपालिका-८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन

‘बालेनको पुलिस होइन’ भन्ने डीएसपी चौधरी सोधपुछका लागि जिल्ला तानिए

धनगढी । कैलालीमा सार्वजनिक कार्यक्रममा ‘हामी बालेनको पुलिस होइनौं’ भन्ने

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा भेला भएर