२५ असार २०८३, बिहिबार | July 9, 2026

यातायात व्यवसायीलाई महासंघको निर्देशन : बढी भाडा, ओभरलोड र यात्रुमाथि दुर्व्यवहार नगर्न चेतावनी



काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायात सेवामा बढ्दो गुनासोप्रति गम्भीर चासो व्यक्त गर्दै व्यवसायीलाई नियम पालना गर्न कडा निर्देशन दिएको छ। महासंघले यात्रु सेवा प्रभावकारी, सुरक्षित र मर्यादित बनाउन कानुनविपरीतका गतिविधि तत्काल रोक्न आग्रह गरेको हो।

महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी सूचनामा काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक यातायात सञ्चालनका क्रममा यात्रुलाई गन्तव्यसम्म नपु¥याउने, मनपरी भाडा असुल्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुमैत्री व्यवहार नगर्ने, तोकिएको स्थानबाहेक यात्रु चढाउने–ओराल्ने तथा यात्रु तानातान गर्ने जस्ता गतिविधि बढ्दै गएको उल्लेख गरिएको छ।

यस्तै, सवारीसाधनको सरसफाइमा लापरबाही गर्ने, डस्टबिनको व्यवस्था नगर्ने, तीव्र गतिमा सवारी चलाउने, ट्राफिक नियम उल्लंघन गर्ने तथा आवश्यक कागजात अद्यावधिक नराख्ने कार्यप्रति पनि महासंघले असन्तुष्टि जनाएको छ।

महासंघका अनुसार यस्ता गतिविधिले सार्वजनिक यातायात क्षेत्रको छवि कमजोर बनाइरहेको छ। खर्बौं रुपैयाँ लगानी भएको र राज्यलाई अर्बौं रुपैयाँ राजस्व योगदान गर्ने यातायात व्यवसायलाई थप मर्यादित, लगानीमैत्री र यात्रुमैत्री बनाउन व्यवसायी तथा मजदुरले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ।

महासंघले सेवा सुधार नगरे सम्बन्धित सरकारी निकायबाट सवारीसाधन, व्यवसायी तथा मजदुरमाथि कानुनबमोजिम कारबाही हुन सक्ने चेतावनीसमेत दिएको छ।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  ११ : ४० बजे

प्रतिनिधिसभा नियमावलीविरुद्ध कांग्रेस सर्वोच्चमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावली, २०८३

लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत रूपमा पारित

दाङ । लुम्बिनी प्रदेशसभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा

जरिवाना नतिर्ने दुई लाखभन्दा बढी चालकको सेवा रोक्का

काठमाडौँ । दुई लाख ६१ हजारभन्दा बढी सवारीचालकले जरिवानावापतको रकम

संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधान संशोधनको बहसका लागि

सर्लाहीको लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास

सर्लाही । सर्लाहीको लालबन्दीमा गएराती गोली प्रहार गरी लुटपाटको प्रयास