१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

बालमन्दिरको जग्गा लिज प्रकरणमा तीन जना पक्राउ, सीआईबीले बढायो अनुसन्धान



काठमाडौं । नेपाल बाल संगठन (बालमन्दिर)को जग्गा लिजमा दिइएको विषयसँग सम्बन्धित विवादमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार काठमाडौंका विभिन्न स्थानबाट आशा श्रेष्ठसहित तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिहरूमाथि जग्गा लिज प्रक्रियामा उनीहरूको संलग्नता र भूमिकाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सीआईबीका एसएसपी अनुपमशम्शेर जबराका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। बालमन्दिरको जग्गा लिजमा दिँदा भएको निर्णय प्रक्रिया, त्यससँग जोडिएका कागजात तथा सम्बन्धित पक्षहरूको भूमिकालाई केन्द्रमा राखेर अनुसन्धान अगाडि बढाइएको उनले बताए।

बालमन्दिरको जग्गा लिजसम्बन्धी विषय लामो समयदेखि विवादमा रहँदै आएको छ। यस प्रकरणमा यसअघि पनि विभिन्न निकायबाट छानबिन र अनुसन्धान हुँदै आएको थियो।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  ११ : ५७ बजे

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a