७ कार्तिक २०८३, शनिबार | October 24, 2026

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी



काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमतिबिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

गत बुधबारको मन्त्रिपरिषद्ले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेसँगै मन्त्रालयले कानुनी व्यवस्था कार्यान्वयनमा कडाइ गरेको हो ।

शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलले केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिई यस्ता कार्यक्रम सञ्चालन गरिरहेकाले कानुनी व्यवस्थाबारे पुनः जानकारी गराइएको बताए ।

मन्त्रालयले अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाबारे जानकारी भएमा तीन दिनभित्र लिखित रूपमा मन्त्रालयमा सूचना दिन सरोकार भएका सबैसँग आग्रह गरेको छ ।

उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उक्त नियमावली लागू गरिएको हो । यसअन्तर्गत मुलुकमा विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थासँग सम्बन्धन लिएर सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमका लागि नयाँ मापदण्ड लागू हुने उक्त मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  १ : २३ बजे

आज हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्षमा पनि गरिएन मर्मत

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष

नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर