९ भदौ २०८३, मंगलबार | August 25, 2026

संसदमा गृहमन्त्रीको आक्रोश : गणेश नेपालीको मृत्युमा राजनीति गर्नेहरू अस्पतालमा कति जना पुग्नुभयो ?



काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनालाई लिएर संसदमा भइरहेको आलोचनाप्रति गृहमन्त्री सुधन गुरुङले कडा आपत्ति जनाएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री गुरुङले आफूले गरेको कामलाई ‘स्टन्टबाजी’ भनी टिप्पणी गर्ने सांसदहरूप्रति लक्षित गर्दै खरो जवाफ फर्काएका हुन्।

संसदमा सम्बोधन गर्दै गृहमन्त्री गुरुङले भने, “हिजो जब गणेश नेपालीको निधन भयो, त्यसपछि घाँटी चिच्याएर यहाँ प्रश्न उठाउनेहरूमध्ये कति जना हस्पिटल पुग्नुभएको थियोरु म यो सम्मानित सदनलाई सोध्न चाहन्छु।”

उनले जनताको सेवा गर्ने नाममा मुखले मात्रै ठूला कुरा गर्ने परम्परा अब अन्त्य हुनुपर्नेमा जोड दिए। “जनताको सेवा गर्छु भनेर मुखले बोलेको ५० औं वर्ष भइसक्यो। अब मुखले होइन, हातले काम गर्नुपर्छ। काम गर्ने ठाउँमा नै पुग्नुपर्छ,” गृहमन्त्री गुरुङले भने।

केही सांसदहरूले आफ्नो सक्रियतालाई ‘स्टन्टबाजी’ को संज्ञा दिएकोमा असन्तुष्टि जनाउँदै उनले स्पष्ट पारे, “मलाई कसैको नजरमा स्टन्टबाजी गर्न कुनै रहर छैन। म यो देश र जनताको सेवा गर्नका लागि मन्त्री बनेको हुँ।”

उनले गृह प्रशासनलाई कसरी थप जनमुखी बनाउने भन्ने विषयमा आफू र आफ्नो टिम निरन्तर छलफलमा जुटेको बताए। उनले सो घटनामा आफूले बिरामीलाई बचाउन हरसम्भव प्रयास गरेको भए पनि दुर्भाग्यवश बचाउन नसकिएको भन्दै दुःख व्यक्त गरे।

गणेश नेपालीको मृत्यु र सो प्रकरणमा सरकारको भूमिकालाई लिएर विपक्षी दलहरूले सदनमा चर्को आलोचना गरेपछि गृहमन्त्री गुरुङ रक्षात्मक र केही भावुक देखिएका थिए। आफ्नो भनाइ राख्ने क्रममा केही बेर भावुक बनेका उनले पुनस् सम्हालिँदै सरकारको बचाउ गरे। उनले यस्ता संवेदनशील घटनामा राजनीति नगर्न र रचनात्मक आलोचना गर्न आग्रह गर्दै आफ्नो कार्यशैली परिणाममुखी हुने दाबी गरे।

उनले गणेश नेपालीको आत्मदाहमा स्थानीय सरकार जिम्मेवार रहेको आरोप पनि लगाए । काठमाडौं महानगरको नगर प्रहरीले नेपालीको मोटरसायकलको ह्वील लक गरेको उनले बताए । संसदमा विपक्षीदलहरु प्रति लक्षित गर्दै उनले सोधे, ‘प्रदेश र स्थानीय सरकार कस्को छ ?’

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ९ : ०० बजे

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी