१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी



सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत आइतबार पहिलो पटक आपतकालीन ‘हिटवेभ’ (अत्यधिक गर्मीको लहर) चेतावनी जारी गरेको छ । चेतावनीसँगै सर्वसाधारणलाई बाहिरी गतिविधि रोक्न र शरीरलाई शीतल राख्न आग्रह गरिएको छ ।
नयाँ प्रणालीअनुसार, कुनै क्षेत्रमा महसुस गरिने तापक्रम कम्तीमा ३८ डिग्री सेल्सियस वा वास्तविक तापक्रम कम्तीमा ३९ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान भएमा, एक दिनका लागि मात्र भए पनि आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी गर्न सकिने व्यवस्था गरिएको छ ।
अधिकारीका अनुसार, दक्षिण कोरियामा पछिल्ला वर्षमा अत्यधिक गर्मीको लहर लामो समयसम्म रहने र अझ तीव्र बन्दै गएकाले त्यसको प्रभावकारी व्यवस्थापनका लागि नयाँ चेतावनी प्रणाली लागू गरिएको हो ।
कोरिया मौसम विज्ञान प्रशासनकी प्रमुख ली मी–सोनले पत्रकार सम्मेलनमा आइतबार बिहान १० बजे दक्षिणी नर्थ ग्योङसाङ प्रान्तका ग्योङसान र पोहाङ सहरका लागि पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी गरिएको जानकारी दिए ।
उनका अनुसार, प्रभावित क्षेत्रमा सप्ताहन्तभर तापक्रमले आपतकालीन चेतावनी जारी गर्ने मापदण्ड पूरा गरेको थियो ।
“आपतकालीन हिटवेभ चेतावनीको अर्थ केवल मौसम अत्यधिक तातो हुनु मात्र होइन” लीले भनेयो, “यसले स्वस्थ व्यक्तिलाई समेत गर्मीजन्य रोग वा मृत्युको उच्च जोखिम हुने अवस्था जनाउँछ ।”
उनले आपतकालीन चेतावनी जारी भएका क्षेत्रमा बाहिरी गतिविधि तुरुन्त रोक्न, शीतल स्थानमा बस्न तथा बालबालिका वा घरपालुवा जनावरलाई कुनै पनि अवस्थामा सवारी साधनभित्र एक्लै नछोड्न आग्रह गरे ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  १० : ५३ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a

चिनियाँ राष्ट्रपति सीले नेपाली समकक्षी पौडेललाई पठाए समवेदना सन्देश

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल-चीन सीमा क्षेत्रको ग्यिरोङ–रसुवा