२८ असार २०८३, आइतबार | July 12, 2026

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो निष्क्रिय खाताको संख्या घटाउन नयाँ व्यवस्था लागू गरेको छ। संशोधित एकीकृत निर्देशन, २०८२ मार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई २०८३ पुस मसान्तभित्र निष्क्रिय खाता न्यूनीकरणसम्बन्धी कार्ययोजना लागू गर्न निर्देशन दिइएको हो।

नयाँ व्यवस्थाअनुसार खाता निष्क्रिय हुनुअघि बैंकले फोन, एसएमएस वा इमेलमार्फत ग्राहकलाई जानकारी गराउनुपर्नेछ। निष्क्रिय भइसकेका खातालाई पुनः सक्रिय गराउन कम्तीमा प्रत्येक छ महिनामा ग्राहकसँग सम्पर्क गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

ग्राहकले अब देशभरका जुनसुकै शाखा वा मोबाइल तथा वेब एपमार्फत आफ्ना खाता बन्द गर्न सक्नेछन्। खाता बन्द गर्दा मौज्दात रकम ग्राहकले तोकेको आफ्नै अर्को बैंक खातामा स्थानान्तरण गरिनेछ।

राष्ट्र बैंकले पुनः सक्रिय भएका खाताबाट हुने शंकास्पद कारोबारको निगरानीका लागि प्रभावकारी प्रणाली विकास गर्न पनि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ११ : २६ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै