२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

बुटवलमा वायु प्रदूषण व्यवस्थापन योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल



बुटवल । बुटवल उपमहानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन योजना (एयर क्वालिटी म्यानेजमेन्ट प्लान-एक्यूएमपी) को प्रारम्भिक मस्यौदामाथि सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको छ । जनप्रतिनिधि, कर्मचारी तथा टोल विकास संस्थाका प्रतिनिधिहरूको सहभागितामा आइतबार आयोजित कार्यशालामा वायु गुणस्तर सुधार र व्यवस्थापनका उपायबारे सुझाव संकलन गरिएको हो ।

स्वास्थ्य प्रणाली सुदृढीकरण, घरायसी व्यवहार परिवर्तन तथा स्वच्छ हावा प्रवर्द्धन गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिकाले सेतो गुराँस बाल विकास केन्द्रसँगको सहकार्यमा वायु प्रदूषण रोकथाम तथा न्यूनीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी प्रमुख सावित्रा अर्यालले वायु प्रदूषण नियन्त्रणका लागि जनचेतनाको विकास आवश्यक रहेको बताइन् । व्यवहार परिवर्तन र नीतिगत सुधारलाई सँगसँगै अघि बढाएर बुटवलवासीलाई स्वच्छ वातावरण र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य रहेको उनले उल्लेख गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीले कार्यशालामा प्राप्त सुझावलाई योजनाको मस्यौदामा समावेश गरिने बताए। उनले स्वच्छ हावा सुनिश्चित गर्न स्थानीय तह मात्र नभई नागरिकको समेत सक्रिय सहयोग आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा सहभागीहरूले घरायसी तथा सामुदायिक स्तरमा स्वच्छ चुलो प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने, पुराना सवारीसाधन विस्थापन गर्नुपर्ने, विद्युतीय ब्याट्रीको सुरक्षित व्यवस्थापन गर्नुपर्ने तथा धुवाँजन्य प्रदूषण नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने सुझाव दिएका थिए ।

बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले रुपन्देहीमा वायु प्रदूषणको अवस्था चिन्ताजनक रहेको बताए । उनका अनुसार घरभित्र दाउरा र गुइँठाको प्रयोगबाट उत्पन्न हुने धुवाँ, उद्योग तथा कलकारखानाबाट निस्कने प्रदूषण, इन्धनबाट चल्ने सवारीसाधनको उत्सर्जन, फोहोर जलाउने प्रवृत्ति, डढेलो तथा धुलो-धुवाँका कारण वायु प्रदूषण बढ्दै गएको छ ।

कार्यक्रममा वडा नम्बर १७ का अध्यक्ष ज्ञानप्रसाद रेश्मीले वायु प्रदूषण बढिरहेको अवस्थामा सञ्चालन गरिएको यस्तो कार्यक्रम महिला र बालबालिकामात्र नभई सम्पूर्ण नागरिकका लागि उपयोगी हुने बताए । उनले वातावरण संरक्षण र स्वच्छ हावा सुनिश्चित गर्ने अभियानमा स्थानीय जनप्रतिनिधिको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ४ : ०१ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु