१३ भदौ २०८३, शनिबार | August 29, 2026

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो



काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास गर्दै आएका सुकुमवासी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सम्बन्धित निकायले प्रभावित परिवारलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरेको जनाएको छ ।

प्राप्त जानकारीअनुसार कीर्तिपुरबाट ३१ परिवारका ८९ जनालाई शनिबारदेखि आइतबार बिहानसम्म चरणबद्ध रूपमा सुरक्षित स्थानमा सारिएको हो । स्थानान्तरण गरिएकामध्ये केही परिवारलाई भक्तपुरको बोडे क्षेत्रमा रहेको अस्थायी व्यवस्थापन स्थलमा समेत राखिएको छ ।

लगातारको वर्षासँगै बस्ती आसपासको क्षेत्रमा जोखिम बढ्न थालेपछि सम्भावित मानवीय क्षति रोक्न उनीहरूलाई सुरक्षित स्थानमा लगिएको बताइएको छ ।

यसअघि सरकारले थापाथलीसहित बागमती नदी किनारका विभिन्न अव्यवस्थित बस्ती हटाएको थियो । त्यसक्रममा विस्थापित भएका कतिपय परिवारको दीर्घकालीन व्यवस्थापन अझै टुंगो लाग्न सकेको छैन ।

सम्बन्धित निकायहरूले तत्कालका लागि अस्थायी आवासको व्यवस्था गरे पनि प्रभावित परिवारको स्थायी पुनर्स्थापना र जीविकोपार्जनको व्यवस्थापन अझै चुनौतीपूर्ण बनेको छ । वर्षायाममा जोखिम बढ्दै जाँदा सुरक्षित आवासको सुनिश्चिततासँगै दीर्घकालीन समाधानको आवश्यकता थप महसुस गरिएको छ ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ४ : १८ बजे

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक