२४ भदौ २०८३, बुधबार | September 9, 2026

जेनजी अभियन्ता माजिद अन्सारीलाई कुटपिट घटनामा मानव अधिकार आयोगमा उजुरी



काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले कुटपिट गरी गैरकानुनी रूपमा नियन्त्रणमा लिएको आरोप लगाउँदै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ।

जेनजी मुभमेन्ट अलायन्सले सोमबार आयोगमा सरकार, गृह प्रशासन, नेपाल प्रहरी तथा घटनामा संलग्न रहेको आरोप लागेका व्यक्तिविरुद्ध उजुरी दर्ता गरेको हो।

अलायन्सका अनुसार गत शनिबार कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा अन्सारीमाथि कुटपिट गरी नियन्त्रणमा लिने प्रहरी टोलीसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयको प्रतिनिधि भएको दाबी गर्ने ओजस्वी थापाविरुद्ध पनि उजुरी गरिएको छ। उजुरीमा थापाले प्रहरीलाई निर्देशन दिँदै परिचालन गरेको आरोप लगाइएको छ।

उजुरीमा नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हकहरूको उल्लंघन भएको दाबी गरिएको छ। विशेषगरी संविधानको धारा १६ (सम्मानपूर्वक बाँच्न पाउने हक), धारा १७ (स्वतन्त्रताको हक), धारा २० (न्यायसम्बन्धी हक) र धारा २२ (यातनाविरुद्धको हक) विपरीत कार्य भएको अलायन्सको जिकिर छ।

त्यस्तै, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र बिना हातहतियार शान्तिपूर्ण रूपमा भेला हुने नागरिकको अधिकारमाथि हस्तक्षेप गर्दै अन्सारीलाई कुटपिटसहित नियन्त्रणमा लिइएको आरोप पनि उजुरीमा उल्लेख गरिएको छ।

अलायन्सले घटनासँग सम्बन्धित भिडियो प्रमाण, कीर्तिपुर अस्पतालको स्वास्थ्य प्रतिवेदन तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मेडिकल रिपोर्टसमेत आयोगमा पेश गरेको जनाएको छ।

हाल अन्सारी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन्।

 

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  १ : ५२ बजे

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको

गुल्मीमा घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले