१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से



काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले घट्दै करिब आठ महिनायताकै न्यून बिन्दुमा पुगेको छ।

यस दिन नेप्से परिसूचक २५७० अंकमा कायम भएको छ। यो स्तर गत मंसिर ४ गतेपछि पहिलो पटक देखिएको न्यूनतम बिन्दु हो। त्यस दिन नेप्से २५६० अंकमा रहेको थियो।

बजार परिसूचकमा उल्लेख्य गिरावट आए पनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा सोमबार ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ। यो कारोबार रकम वैशाख ९ यताकै उच्च रहेको हो।

दिनभर बजारमा बिक्री चाप देखिएको थियो। कारोबार भएका २७५ कम्पनीमध्ये २२ कम्पनीको सेयर मूल्य बढ्दा २४९ कम्पनीको मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।

समूहगत रूपमा सबै उपसूचक ओरालो लागेका छन्। सबैभन्दा धेरै व्यापार समूह २.३० प्रतिशतले घट्यो। त्यस्तै बैंकिङ ०.६८, विकास बैंक ०.८३, फाइनान्स १.३२, होटल तथा पर्यटन १.९९, जलविद्युत् १.९८, लगानी ०.८८, जीवन बीमा १.०७, उत्पादन तथा प्रशोधन १.३६, माइक्रोफाइनान्स ०.८७, निर्जीवन बीमा ०.७५ तथा अन्य समूह ०.८५ प्रतिशतले घटेका छन्।

व्यक्तिगत कम्पनीतर्फ सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.३७ प्रतिशतले बढ्दा आत्मनिर्भर लघुवित्तको मूल्य ५ प्रतिशतले वृद्धि भएको छ।

यता उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ११.२८ प्रतिशतले घट्यो। त्यसपछि बुद्धभूमि हाइड्रोपावर ७.४७ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावर ६.५१ प्रतिशत, हिमस्टार ऊर्जा ६.४२ प्रतिशत तथा टक्सार पिखुवाखोला हाइड्रोपावर ६.२४ प्रतिशतले ओरालो लागेका छन्।

कारोबार रकमका आधारमा भने सोमबार ऋणपत्र (डिबेन्चर) हरू अग्रस्थानमा रहेका छन्।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ३ : २६ बजे

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । डेविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं । साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई

एनपीएल-३ को पहिलो अर्धशतक चितवनका मलानको नाममा

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा चितवन

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न