२९ असार २०८३, सोमबार | July 13, 2026

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से



काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले घट्दै करिब आठ महिनायताकै न्यून बिन्दुमा पुगेको छ।

यस दिन नेप्से परिसूचक २५७० अंकमा कायम भएको छ। यो स्तर गत मंसिर ४ गतेपछि पहिलो पटक देखिएको न्यूनतम बिन्दु हो। त्यस दिन नेप्से २५६० अंकमा रहेको थियो।

बजार परिसूचकमा उल्लेख्य गिरावट आए पनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा सोमबार ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ। यो कारोबार रकम वैशाख ९ यताकै उच्च रहेको हो।

दिनभर बजारमा बिक्री चाप देखिएको थियो। कारोबार भएका २७५ कम्पनीमध्ये २२ कम्पनीको सेयर मूल्य बढ्दा २४९ कम्पनीको मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।

समूहगत रूपमा सबै उपसूचक ओरालो लागेका छन्। सबैभन्दा धेरै व्यापार समूह २.३० प्रतिशतले घट्यो। त्यस्तै बैंकिङ ०.६८, विकास बैंक ०.८३, फाइनान्स १.३२, होटल तथा पर्यटन १.९९, जलविद्युत् १.९८, लगानी ०.८८, जीवन बीमा १.०७, उत्पादन तथा प्रशोधन १.३६, माइक्रोफाइनान्स ०.८७, निर्जीवन बीमा ०.७५ तथा अन्य समूह ०.८५ प्रतिशतले घटेका छन्।

व्यक्तिगत कम्पनीतर्फ सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.३७ प्रतिशतले बढ्दा आत्मनिर्भर लघुवित्तको मूल्य ५ प्रतिशतले वृद्धि भएको छ।

यता उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ११.२८ प्रतिशतले घट्यो। त्यसपछि बुद्धभूमि हाइड्रोपावर ७.४७ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावर ६.५१ प्रतिशत, हिमस्टार ऊर्जा ६.४२ प्रतिशत तथा टक्सार पिखुवाखोला हाइड्रोपावर ६.२४ प्रतिशतले ओरालो लागेका छन्।

कारोबार रकमका आधारमा भने सोमबार ऋणपत्र (डिबेन्चर) हरू अग्रस्थानमा रहेका छन्।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ३ : २६ बजे

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले

सभामुखप्रति कांग्रेसको असन्तुष्टि : ‘विपक्षको नाडी छाम्ने होइन, निष्पक्ष भूमिका निर्वाह गरुन!’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता