२९ असार २०८३, सोमबार | July 13, 2026

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि सोमबार बिहान शंकास्पद रूपमा गाडी पार्किङ गरिएको भेटिएपछि सुरक्षा चासो बढेको छ।

यसअघि विभिन्न सञ्चारमाध्यमका कार्यालय र अनामनगरस्थित भाटभटेनी सुपरमार्केटअगाडि पनि यस्तै प्रकृतिका गाडी छाडिएको घटना सार्वजनिक भएको थियो।

थापाको निवासको गेटअगाडि बिहान करिब ७ बजेदेखि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको स्थानीयले बताएका छन्। निवासअगाडि करिब १० फिट चौडाइको सडक रहेकाले उक्त गाडी राखिएपछि स्थानीयको सवारी आवतजावतसमेत प्रभावित भएको थियो।

स्थानीयले विरोध जनाएपछि सभापति थापा स्वयं घटनास्थल पुगेका थिए। उनले एक दिनका लागि भएको असुविधाप्रति स्थानीयसँग क्षमायाचना गर्दै गाडीमा कुनै क्षति नपुर्‍याउन आग्रह गरेका थिए। भदौ २४ मा जेनजीको नाममा विध्वंस गरेपछि थापा सो घरमा हाल बस्दैनन् ।

घटनाबारे जानकारी पाएपछि प्रहरी दुई पटकसम्म घटनास्थल पुगेको भए पनि गाडी हटाउने वा त्यसका धनीको पहिचान गरी जिम्मा लगाउनेतर्फ कुनै प्रभावकारी पहल नगरेको थापाको सचिवालयले आरोप लगाएको छ । यता प्रहरीले भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

स्थानीयले गाडी छाड्ने व्यक्ति प्रहरीकै गाडीमा चढेर त्यहाँबाट फर्किएको दाबी गरेका छन्। यद्यपि प्रहरीले त्यसबारे आधिकारिक पुष्टि गरेको छैन।

यसअघि सोमबार बिहानै अनलाइनखबर, हिमालय टेलिभिजन, कान्तिपुर पब्लिकेसन्सका कार्यालय तथा अनामनगरस्थित भाटभटेनी सुपरमार्केटअगाडि पनि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको थियो। ती स्थानमा राखिएका गाडी भने प्रहरीले क्रेनको सहायता लिएर हटाइसकेको छ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ४ : ०६ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले