३० असार २०८३, मंगलबार | July 14, 2026

अविरल वर्षाले नवलपुरमा डुबान र पहिरो, नौ घरपरिवार प्रभावित



नवलपरासी । लगातारको वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पहिरो र डुबानका घटना बढेका छन् । विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै नौ घरमा पानी पसेपछि ३५ जना विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का अनुसार गैँडाकोट नगरपालिका–४ डनचोक क्षेत्रमा जङ्गलबाट आएको बाढी र नालीको पानी घरमा पस्दा नौ घरमा क्षति पुगेको छ । तीमध्ये आठ घरका ३५ जना स्थानीय आफन्त तथा छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।

घटनामा मानवीय तथा चौपायाको क्षति नभए पनि थप क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए

गैँडाकोट नगरपालिका–१५ मा वडाध्यक्ष प्रेमराज तिमिल्सिनाको घरको तल्लो तलामा वर्षाको पानी र नालीको पानी पस्दा करिब २० क्विन्टल धान तथा लत्ताकपडा भिजेको छ । सोही क्षेत्रमा स्थानीय सुदीप रानाभाटको घरमा पनि पानी पस्दा लत्ताकपडा भिजेको भए पनि मानवीय क्षति वा विस्थापन भएको छैन । अस्थायी प्रहरीपोस्ट बेल्डिहाबाट प्रहरी टोली परिचालन गरी आवश्यक समन्वय गरिएको प्रहरी उपरीक्षक खड्काले बताए।

गैँडाकोट नगरपालिका–३ चिसापानी नजिक कालीगण्डकी करिडोर सडकखण्डमा सोमबार राति अविरल वर्षापछि माथिबाट पहिरो खस्नुका साथै सिसौ र सालका रुख ढलेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी टोली घटनास्थलमा खटिई सडक खुलाउने समन्वय भइरहेको जनाइएको छ ।

यसअघि हुप्सेकोट गाउँपालिका–४ र ५ को सिमानामा रहेको रातेखोलामा पानीको बहाव बढ्दा रुम्झाटार जाने भित्री सडक अवरुद्ध भएको थियो । साथै, हुप्सेकोट गाउँपालिका–६ बाडाखोलामा पहिरो खस्दा झ्यालवासदेखि वडा नं ६ कार्यालय जाने भित्री सडकसमेत अवरुद्ध भएको छ । दुवै स्थानमा प्रहरी तथा स्थानीय तहको समन्वयमा सडक खुलाउने प्रयास जारी छ ।

अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो, डुबान र सडक अवरोधका घटना देखिएको बताउँदै प्रहरी उपरीक्षक खड्काले प्रभावित क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको जानकारी दिए । वर्षा निरन्तर भइरहेकाले जिल्लाका नदी किनार, पहाडी सडक तथा जोखिमयुक्त बस्तीमा निगरानी बढाइएको छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १० : १३ बजे

पाकिस्तानमा भारी वर्षाका कारण नौ जनाको मृत्यु, १४ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा सोमबार

सिटबेल्ट नलाउने प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही किन हुँदैन : शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

चालु आर्थिक वर्षको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१

चौबीस घण्टाको वर्षा मापन : सबैभन्दा बढी वर्षा चितवनमा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका

मृतक मण्डलको सन्तानको शिक्षादिक्षाको जिम्मा गगन थापाले लिने

काठमाडौं । विवेक मण्डलको आत्मदाहप्रति कांग्रेस सभापति गगन थापाले गहिरो