३० असार २०८३, मंगलबार | July 14, 2026

सिटबेल्ट नलाउने प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही किन हुँदैन : शाही



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले ट्राफिक नियम कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाइएको भन्दै सरकारको आलोचना गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले ट्राफिक नियम उल्लंघन गर्दा सर्वसाधारणलाई कारबाही गरिने भए पनि सिटबेल्ट नलगाई सवारी साधन प्रयोग गर्ने प्रधानमन्त्री र गृहमन्त्रीमाथि किन कारबाही नहुने भन्दै प्रश्न उठाए । उनले कानुन सबै नागरिकका लागि समान रूपमा लागू हुनुपर्ने बताए ।

“हामी कानुन हटाउन भन्न खोजेका होइनौं, कानुन सबैका लागि बराबरी हुनुपर्छ भन्ने माग गरेका हौं,” उनले भने ।

शाहीले मुगुका गणेश नेपालीको आत्मदाह प्रकरणप्रति पनि सरकारको ध्यानाकर्षण गराए । जलनबाट गम्भीर घाइते भएका नेपालीलाई घटनापछि हिँडाइएको तथा विशेषज्ञ अस्पतालमा तत्काल नलगेर वीर अस्पतालमा उपचार गरिएको विषयमा उनले प्रश्न उठाए ।

उनले राज्यका निकायले नागरिकप्रति संवेदनशील भएर काम गर्नुपर्ने भन्दै यस्ता घटनाबाट पाठ सिक्न सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ११ : ४८ बजे

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगन्ज । बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं । विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल

भारत-नेपाल सीमाबाट ‘शंकास्पद’ अमेरिकी नागरिक पक्राउ

बुटवल । भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लाको भारत–नेपाल सीमाबाट एक

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता