२४ भदौ २०८३, बुधबार | September 9, 2026

पाकिस्तानमा भारी वर्षाका कारण नौ जनाको मृत्यु, १४ घाइते



इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा सोमबार भएको भारी वर्षाका कारण आवासीय घर भत्किँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएको उद्धार अधिकारीहरूले बताएका छन् ।

उद्धार अधिकारीहरुका अनुसार भारी वर्षाका कारण जिल्लाको लाची क्षेत्रको मालगिन क्षेत्रमा बाढी आई एउटा घर क्षेति ग्रस्त हुँदा २३ जना उक्त घरको भग्नावशेष मुनि फसेका छन् ।

कोहाट र काराक जिल्लाका उद्धार टोलीहरूले उद्धार अभियान अन्तरगत सबै पीडितहरूलाई भग्नावशेषबाट सफलतापूर्वक उद्धार गरेर उपचारका लागि नजिकैको अस्पतालमा लगेको जनाइएको छ ।

मृत्यु हुनेहरुमा छ जना महिला र तीन जना बालबालिका रहेको उल्लेख गर्दै घाइते मध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने डर रहेको अधिकारीले बताएका छन् ।

पाकिस्तानका धेरै भागहरूमा आएको मनसुनी वर्षाले निरन्तर बाढी निम्त्याउदा पूर्वाधारलाई क्षति पुग्नुका साथै दैनिक जीवन यापनमासमेत बाधा पुगेको जनाइएको छ ।

यस अघि प्रान्तको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण ९पिडिएमए० ले बढ्दो पानीको बहावका कारण आगामी दुई दिनमा बाँधबाट थप पानी छोड्न सक्ने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ११ : ५५ बजे

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको

गुल्मीमा घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले