१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

मिडियामा गाडी पार्किङ घटनामा जोसुकै भएपनि छानबिन र कारबाही हुनुपर्छ : रवि



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको गेट अवरुद्ध हुनेगरी गाडी पार्किङ गरिएको घटनालाई गम्भीर रूपमा लिएको बताएका छन् ।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले घटनाबारे निष्पक्ष छानबिन र कानुनी कारबाही हुनुपर्ने बताएका छन्। उनले रास्वपाकै कार्यकर्ता भएपनि कारवाही हुनपर्ने बताए ।

उक्त घटनाप्रति पार्टीको धारणा यसअघि नै विज्ञप्तिमार्फत सार्वजनिक भइसकेको र त्यसमा रास्वपा अहिले पनि अडिग रहेको उनले बताए । ‘पार्टीले विज्ञप्ति निकालेर स्पष्ट भनिसकेको छ। यो गलत हो, यस्तो हुनुहुँदैन। छानबिन हुनुपर्छ, कारबाही हुनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा हो र हामी त्यसैमा अडिग छौं,’ उनले भने।

उनले तत्काल ट्राफिक प्रहरीले कसलाई समात्यो वा छाड्यो, कसैमाथि मुद्दा लाग्यो वा लागेन भन्ने विषयभन्दा पनि घटनाको प्रकृति महत्त्वपूर्ण रहेको बताए।

‘तत्काललाई छोडियो कि, समातियो कि, मुद्दा लाग्यो कि लागेन भन्ने बेग्लै कुरा हो। तर जुन घटना देखियो, त्यो अस्वाभाविक थियो। त्यसैले पार्टीले विज्ञप्तिमार्फत व्यक्त गरेको धारणा अहिले पनि यथावत् छ,’ उनले भने।

रास्वपाकै नेता वा कार्यकर्ता संलग्न भए कारबाही हुन्छ कि हुँदैन भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले पार्टीले कसैलाई पनि उन्मुक्ति नदिने स्पष्ट पारे।

‘रास्वपा आफ्नो सांसदलाई ७२ घण्टाभित्र कारबाही गर्न सक्ने पार्टी हो। जो भए पनि कारबाही हुन्छ,’ उनले भने।

उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटवार्ताबारे पनि जानकारी दिए। उनका अनुसार भेटमा विशेषगरी सुकुमवासी समस्या समाधानका उपाय, त्यसलाई प्रभावकारी बनाउने विषय तथा समसामयिक राष्ट्रिय राजनीतिक परिस्थितिबारे परिणाममुखी छलफल भएको थियो।

 

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ५ : ०८ बजे

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a