१४ भदौ २०८३, आइतबार | August 30, 2026

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ



भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित कछुवा बरामद गर्दै रेष्टुरेन्ट सञ्चालकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको संयुक्त टोलीले जीवित कछुवाको अवैध बिक्री-वितरण भइरहेको गोप्य सूचनाका आधारमा सिद्धार्थनगर नगरपालिका-८ स्थित एक रेष्टुरेन्टमा छापा मार्दा १४ वटा जीवित कछुवा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी (प्रहरी नायब उपरीक्षक) कृष्णकुमार चन्दका अनुसार घटनामा संलग्न रहेको आरोपमा सोही रेष्टुरेन्टका सञ्चालक ३८ वर्षीय कञ्चन श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ ।

बरामद कछुवा र पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, भैरहवामा बुझाइएको प्रहरीले जनाएको छ ।

नेपालको प्रचलित वन्यजन्तुसम्बन्धी कानुनअनुसार संरक्षित वन्यजन्तुको अवैध कारोबार, ओसारपसार वा बिक्री-वितरण दण्डनीय अपराध मानिन्छ । प्रहरीले यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिएको जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ८ : ३३ बजे

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती

काठमाडौँ । भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा

भोटेकोशी बाढी अपडेट : ७३४ जनाको मृत्यु, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो