२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक



हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई सडकमार्गमा बुधबार बिहान ५ः०० बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जारी गरेको सूचनामा हेटौँडा–भैँसे–काठमाडौँ र हेटौँडा हुँदै काठमाडौँ जाने कान्तिराजमार्गमा आज साँझ ६ः३० बजेदेखि भोलि बिहान ५ः०० बजेसम्मका लागि सवारीसाधन आवगामनमा रोक लगाएको उल्लेख गरिएको छ । यही असार २८ गते रातिदेखि परेको अविरल वर्षाका कारण मकवानपुर जिल्लाका विभिन्न स्थानमा बाढीपहिरो तथा खोलानालामा पानीको बहाव बढ्दै गएको प्रशासनको सूचनामा भनिएको छ ।

मौसम पूर्वानुमानअनुसार थप वर्षा हुने सम्भावना रहेको भन्दै प्रशासनले बागझोर क्षेत्रमा जुनसुकै समयमा ग्रेगनसहितको पानीको भेल आउन सक्ने जोखिम रहेको उल्लेख गरेको छ । भीमफेदीस्थित बेलिब्रिज मर्मतको क्रममा रहेको तथा वैकल्पिक डाइभर्सन बाढीले बगाएको, हेटौँडा–भीमफेदी–सिस्नेरी हुँदै काठमाडौँ जाने सडकखण्डमा वर्षा हुनासाथ ढुङ्गा खस्ने तथा पहिरो जाने उच्च जोखिम कायम रहेकाले यात्रुको सुरक्षा तथा सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यी सडक खण्डमा भोलि बिहानसम्मका लागि सवारीसाधनको आवागमन बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।

हाल कायम रहेको विपद् जोखिमलाई दृष्टिगत गरी अत्यावश्यक अवस्थाबाहेक रात्रीकालीन समयमा कुनै पनि सडकमार्गमा यात्रा नगर्न सम्पूर्ण सवारी चालक तथा यात्रुहरूमा प्रशासनले अनुरोध गरेको छ । कुनै विपद्जन्य घटना घट्न गएमा वा आपतकालीन अवस्था सिर्जना भएमा तत्काल जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको निशुल्क सम्पर्क नं १२३४, सम्बन्धित स्थानीय तह, स्थानीय जनप्रतिनिधि, नजिकको सुरक्षा निकाय तथा स्थानीय प्रशासनलाई यथाशीघ्र जानकारी गराउनसमेत प्रशासनले सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ९ : ३२ बजे

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहमा बालविवाह

ट्रम्प प्रशासन छाड्ने तयारीमा अमेरिकी विदेशमन्त्री रोबियो, राष्ट्रपतिको उम्मेदवार बन्ने आँकलन

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्प प्रशासन छाड्ने तयारी

आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी । कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच