१४ भदौ २०८३, आइतबार | August 30, 2026

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण



भोजपुर । वन्यजन्तुको संरक्षण र पानीको अभाव कम गर्ने उद्देश्यले भोजपुरको भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।

सुक्खा समयमा वन्यजन्तुलाई पानीको समस्या नहोस् भन्ने उद्देश्यले उक्त पोखरी निर्माण गरिएको हो । डिभिजन वन कार्यालय भोजपुरको समन्वय र प्राविधिक सहयोगमा सामुदायिक वन उपभोक्ता समूहले पोखरी निर्माण गरेको हो ।

वन क्षेत्रमा तापक्रम बढ्नु र पानीका स्रोत सुक्दै जान थालेपछि वन्यजन्तु बस्ती क्षेत्रमा पस्ने समस्या बढ्दै गएको छ । यस्तो अवस्थामा त्यस्ता पोखरीले वन्यजन्तु संरक्षणमा सहयोग पुग्ने डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाले बताए ।

डिभिजन वन कार्यालयका वन अधिकृत नुर मुहमत मियाका अनुसार वन्यजन्तु तथा बासस्थान संरक्षण कार्यक्रमअन्तर्गत पोखरी निर्माण गरिएको हो । पोखरी निर्माणमा कार्यालयको रु पाँच लाख र उपभोक्ता समूहको श्रमदान बराबर रु ५३ हजार गरी कुल पाँच लाख ३८ हजार खर्च भएको छ ।

वन क्षेत्रमा नै पानीको व्यवस्था भएपछि मानव-वन्यजन्तु द्वन्द्व कम गर्न सहयोग पुग्ने उनले बताए । “वनमा पानीको अभाव हुँदा वन्यजन्तु बस्तीमा पस्ने गरेका छन् । त्यसलाई रोक्न यस्ता संरचना आवश्यक छन्,” उनले भने ।

डिभिजन वन कार्यालयका कर्मचारी सीताराम ओझाले पोखरी निर्माणले वन्यजन्तु संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने बताए । पानी सहज रूपमा उपलब्ध भएपछि वन्यजन्तुलाई वन क्षेत्रमै बस्न सहज हुने उनको भनाइ छ ।

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर भट्टराईले पोखरी निर्माणले वनको जैविक विविधता संरक्षणमा सहयोग पुग्ने बताए । यस्ता संरचनाले वन्यजन्तुको बासस्थान जोगाउन र वातावरणीय सन्तुलन कायम राख्न मद्दत गर्ने उनले बताए ।

जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दै जानु र खडेरी बढ्दै जाँदा वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो अवस्थामा भुल्के छोक्ला सामुदायिक वनमा निर्माण गरिएको पोखरी वन्यजन्तु संरक्षणका लागि उपयोगी हुने स्थानीयवासीको भनाइ छ । वन कार्यालयले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ७ : ५७ बजे

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती

काठमाडौँ । भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा

भोटेकोशी बाढी अपडेट : ७३४ जनाको मृत्यु, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो

नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले रसुवामा बाढीबाट प्रभावित नागरिकको सहयोगका