३१ असार २०८३, बुधबार | July 15, 2026

सिंहदरबार दक्षिण गेटमा विद्यार्थीको प्रदर्शन



काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर विरोध प्रदर्शन गरेको छ।

बिहीबार बिहान अनेरास्ववियुका नेता दीपक धामीको नेतृत्वमा पुगेका विद्यार्थीहरूले मोटरसाइकल सडकमै पार्किङ गर्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन्। प्रदर्शनका कारण सिंहदरबार दक्षिण गेटअगाडिको सडकमा केहीबेर यातायातसमेत प्रभावित भएको छ।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले राज्यले आतंक मच्चाएको आरोप लगाउँदै चर्को नाराबाजी गरेका थिए। उनीहरूले ‘गरिबको आवाज दबाउन पाइँदैन’ लगायतका सन्देश लेखिएका विभिन्न प्लेकार्ड पनि प्रदर्शन गरेका थिए।

केहीबेरको प्रदर्शनपछि प्रहरीले हस्तक्षेप गर्दै प्रदर्शनकारीलाई सडकबाट हटाएको थियो ।

विद्यार्थीहरूले सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नागरिकको आवाज दबाउन खोजिएको आरोप लगाए।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  १० : ०६ बजे

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, मुख्यमन्त्री कडेल संकटमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना

सिंहदरबार दक्षिण गेटमा विद्यार्थीको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

कीर्तिपुर । बागमती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन्

‘राज्यले नागरिकलाई आतंकित बनाएको’मा रास्वपा नेता मनिष झाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा