३२ असार २०८३, बिहिबार | July 16, 2026

बुकीपाटनमा प्लास्टिकजन्य फोहर व्यवस्थापनको चुनौती



बागलुङ । नेपालका एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित बुकीपाटनमा पर्यटकको आकर्षण बढेसँगै नकुहिने फोहर बढ्न थालेको छ । पर्यटकले जथाभावी फोहरले फाल्दा बुकीपाटनको स्वच्छताको छवि धुमलिन थालेको छ । पर्यटकले प्लास्टिकका बोतल, चाउचाउ, विस्कुटका प्लास्टिक र बियर बोतललगायत छरपस्ट छोड्दा पर्यावरणमा असर पर्ने चिन्ता बढेको छ ।

चार वर्ष अगाडिसम्म गोठाला बस्ने बुकीपाटनमा पछिल्लो समय दैनिक सयौँ पर्यटक बुकीपाटन पुग्न थालेपछि फोहर बढ्न थालेको ढोरपाटन नगरपालिका–९ का तीर्थबहादुर घर्तीमगरले बताए ।

पाटनभरी छरिएका प्लास्टिक र बोतलले सौन्दर्यलाई कुरुप बनाएको घर्ती मगरले सुनाए । पर्यटकले जथाभावी फोहर गर्ने मात्र नभइ बुकीपाटनका फूलसमेत कोपिलामै टिप्दा वनफूल नै मासिने जोखिम बढेको छ । समुन्द्री सतहदेखि चार हजार २०० माथिको क्षेत्रमा प्लास्टिक र सिसाजन्य फोहर बढ्दा सरसफाइ गर्ने चासो कुनै पनि निकायले नदेखाएको स्थानीयको गुनासो छ ।

बुकीपाटन बागलुङको एउटा अनुपम सम्पत्ति भएकाले त्यहाँको सुन्दरताको बयान जति नै गरे पनि कम हुनेछ । त्यहाँको सुन्दरतासँग रमाउन दैनिक सयौँ पर्यटक बुकीपाटन पुग्ने गरेकामा पछिल्लो समय त्यस क्षेत्रको अवलोकन गर्न जाने व्यक्तिले प्लास्टिक र सिसामा खानेकुरा बोकेर जाने र खाएपछि त्यही नै फ्याँकेर हिड्ने प्रवृत्ति वातावरण संरक्षणका लागि घातक देखिएको छ ।

बुकीपाटन क्षेत्रमा मात्रै नभई ढोरपाटन उपत्यकाको पाखाथरदेखि उकालो लागेपछि पदमार्गका छेउछाउ, कोल्सा, डाँडा, खोला र बुकीपाटनसम्मै बिस्कुट, चाउचाउका प्लास्टिक, सिसा, रेडबुल र पानीका बोत्तल छरपस्ट भेटिन्छन् । त्यस्ता फोहोर व्यवस्थापनमा सिकार आरक्षले पनि चासो दिनुपर्ने स्थानीयको भनाइ छ ।

बुकीपाटनमा पर्यटकले फालेको प्लास्टिकजन्य फोहर घासँमा मिसिर वस्तुभाउले खाँदा बिरामी परेर मर्ने गरेको ढोरपाटन नगरपालिका–६ का किसान तुलबहादुर अदैले गुनासो गरे। फोहोर फल्नका लागि गोठालाले ठाउँठाउँमा खाल्डो निर्माण गरी दिएपछि पर्यटकले जथाभावी फल्ने गरेको स्थानीयको भनाइ छ । बुकीपाटनको गर्पाछेडा, दहखर्क, फुर्सेदेउराली, टीकाधारा, फागुने क्षेत्रमा बढी फोहर गरेको स्थानीय अदै बताए ।

स्थानीय कुलबहादुर विकले अघिल्लो वर्ष बुकीपाटनमा छरिएका प्लास्टिक खाएर करिब ६० वटा भेडाबाख्रा र गाईभैँसी बिरामी परेको बताए। पोसिलो घाँस खुवाउन बागलुङसहित रोल्पा, रुकुम, डोल्पा र म्याग्दीबाट गोठालाले आफ्ना वस्तुभाउ लिएर त्यहाँ जाने गरेका छन् ।
रासस

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  २ : १५ बजे

सांसदले पाउने भए फेरि स्वकीय सचिवको सुविधा

काठमाडौं । सरकारले संघीय संसद्का सदस्यहरूले पुनः स्वकीय सचिव राख्न

अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह

काठमाडौं । उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा

बुटवलतर्फ गइरहेको माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात जना घाइते

भैरहवा । सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा

सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगका सबै काम स्थगित

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि उच्चस्तरीय सम्पत्ति छानबिन आयोग,