१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन



काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय सरकारले ५० अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्षको अन्त्यतिर करदाताले कर दायित्व भुक्तानी गर्ने क्रम बढ्ने भएकाले अन्तिम दिनहरूमा राजस्व संकलन उल्लेख्य हुने परम्परा यस वर्ष पनि दोहोरिएको हो।

महालेखा नियन्त्रक कार्यालयका अनुसार बिहीबार १६ अर्ब ५० करोड रुपैयाँ, बुधबार २१ अर्ब १७ करोड रुपैयाँ र मंगलबार १२ अर्ब ४३ करोड रुपैयाँ गरी तीन दिनमै ५० अर्ब १० करोड रुपैयाँभन्दा बढी राजस्व उठेको छ। यद्यपि, यो रकम गत आर्थिक वर्षको सोही अवधिमा संकलित करिब ६४ अर्ब रुपैयाँभन्दा कम हो।

अन्तिम समयमा राजस्व संकलन बढे पनि समग्र आर्थिक वर्षको राजस्व वृद्धिदर भने करिब ५ प्रतिशतमा सीमित भएको छ, जुन विगतका वर्षको तुलनामा निकै न्यून हो। आर्थिक वर्ष २०६८÷६९ देखि २०७८÷७९ सम्म औसत वार्षिक राजस्व वृद्धिदर १७ प्रतिशत रहेको थियो। पछिल्ला वर्षहरूमा भने वृद्धि क्रमशः सुस्त बन्दै गएको देखिन्छ।

राजस्व वृद्धिमा आएको मन्दीले आर्थिक गतिविधि, आयातमा कमी तथा समग्र अर्थतन्त्रको सुस्त गतिलाई संकेत गरेको विश्लेषण गरिएको छ। सरकारले आगामी आर्थिक वर्षमा राजस्व परिचालनलाई थप प्रभावकारी बनाउने चुनौती सामना गर्नुपर्ने देखिएको छ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  १ : ०८ बजे

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय