२४ भदौ २०८३, बुधबार | September 9, 2026

इरानको चेतावनी : अमेरिकी सेना रहेका देशहरू ‘उचित जवाफ’का लागि तयार रहून्



काठमाडौं। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले आफ्नो भूमिमा अमेरिकी सैन्य बल तैनाथ गरिएका देशहरूलाई सम्भावित ‘उचित जवाफ’का लागि तयार रहन चेतावनी दिएको छ।

अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार आईआरजीसीले ती देशहरूलाई आफ्ना नागरिकको सुरक्षाका लागि नागरिक प्रतिरक्षा संयन्त्र (Civil Defence Units) सक्रिय पार्न तथा सम्भावित सैन्य लक्ष्यबाट नागरिकलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ। आईआरजीसीले ती देशहरूको भूमि इरानविरुद्धको सैन्य आक्रमणका लागि प्रयोग भइरहेको आरोप लगाएको छ।

तस्निमको रिपोर्टअनुसार आईआरजीसीको स्थल सेनाले ड्रोन र क्षेप्यास्त्र प्रयोग गरी कुवेतस्थित अमेरिकी सैन्य रसद केन्द्र क्याम्प अरिफजान (Camp Arifjan)मा आक्रमण गरेको दाबी गरेको छ। उक्त आक्रमणमा अमेरिकी सैन्य कर्मचारी हताहत भएको आईआरजीसीको दाबी छ।

यससँगै आईआरजीसीले कुवेतस्थित अमेरिकी अली अल सालेम एयर बेस (Ali Al Salem Air Base) लाई पनि निशाना बनाएको जनाएको छ। सो आक्रमणबाट उक्त सैन्य अड्डाको राडार प्रणाली निष्क्रिय बनाइएको तथा हतियार मर्मतसम्भार गर्ने ह्याङ्गर र ड्रोन सञ्चालनसम्बन्धी सुविधा ध्वस्त पारिएको दाबी गरिएको छ।

यद्यपि, आईआरजीसीले गरेका यी दाबीहरूबारे अमेरिकी वा कुवेती अधिकारीहरूले तत्काल कुनै आधिकारिक पुष्टि गरेका छैनन्। स्वतन्त्र स्रोतबाट पनि यी विवरणहरूको पुष्टि हुन बाँकी छ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  १२ : ३६ बजे

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय

भोटेकोशी बाढीः एक हजार ३६७ शव फेला

काठमाडौ । रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु