८ कार्तिक २०८३, आइतबार | October 26, 2026

आफ्नो जहाजमाथि आक्रमणको जवाफ युक्रेनलाई दिने इरानको चेतावनी



तेहरान । इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको आरोप युक्रेनमाथि लगाउँदै घटनाको जवाफ दिने चेतावनी दिएको छ । शनिबार भएको उक्त आक्रमणमा एक जना नाविकको मृत्यु भएको तथा अर्का एक जना घाइते भएको इरानले जनाएको छ ।

रुस–युक्रेन युद्धको अन्तरराष्ट्रिय प्रभाव विस्तार भइरहेका बेला इरानले यस्तो आरोप लगाएको हो । यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले इरानसँग सम्बन्धित सैन्य सामग्री ओसारपसारमा प्रयोग हुने जहाजलाई लक्षित गरी क्यास्पियन सागरमा लामो दूरीको आक्रमण गरिएको बताएका थिए।

इरानको सरकारी समाचार संस्था इरनाका अनुसार इरानी विदेश मन्त्रालयले शनिबार बिहान भएको आक्रमणमा जहाजमा विस्फोट हुँदा एक नाविकको मृत्यु भएको र अर्का एक जना घाइते भएको जनाएको छ ।

इरानले रुस–युक्रेन युद्धमा आफूले कहिल्यै हस्तक्षेप नगरेको दाबी गर्दै आफ्नो व्यापारिक जहाजमाथिको आक्रमणको विरोध गरेको छ ।

यता, राष्ट्रपति जेलेन्स्कीले शनिबार सामाजिक सञ्जालमार्फत युक्रेनी सशस्त्र बलले क्यास्पियन सागरमा लामो दूरीको प्रहारमार्फत अत्यन्त सशक्त नतिजा हासिल गरेको बताएका थिए। उनका अनुसार आक्रमणमा इरानसँग सम्बन्धित सैन्य सामग्री ओसारपसारमा प्रयोग हुने जहाजका साथै एउटा युद्धपोतलाई लक्षित गरिएको थियो ।

युक्रेनको गुप्तचर निकाय (एसबीयू)ले टेलिग्राममार्फत इरान र रुसबीच सैन्य सामग्री ओसारपसारमा प्रयोग भएका तथा अन्तरराष्ट्रिय प्रतिबन्धमा परेका कार्गो जहाजलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको जनाएको छ ।

इरानी सरकारी टेलिभिजनका अनुसार विदेश मन्त्रालयले उक्त घटनालाई ‘शत्रुतापूर्ण र आपराधिककार्य’ भन्दै विरोध जनाउन शनिबार तेहरानस्थित युक्रेनी कार्यवाहक राजदूतलाई बोलाएको थियो ।

यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले युरोपेली सङ्घ (इयू)की विदेश नीति प्रमुख काजा कालाससँगको कुराकानीमा आक्रमणको विरोधमा इयू र संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्बाट कडा प्रतिक्रियाको माग गरेको इरनाले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  २ : १८ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको